मान्छे लगाएर हत्या गरेको नेता शाहीको स्वीकार
कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ लुसाका ५५ वर्षीय धनिराम जैसीको २०७७ साल भदौ २८ गते निधन भयो।
एउटै व्यक्तिले ८० करोड ठगेको उजुरी
झापा गौरादहका सोमराज विश्वकर्मा दम्पतीले २४ करोड ठगी आरोपमा पक्राउ परेको घटना सेलाउन नपाउँदै यता झापाको बिर्तामोडमा ‘पङ्कज चामल भण्डार’ नामको पसल सञ्चालन गर्दै आएका भारत पश्चिम बङ्गालस्थित राजगञ्ज स्थायी ठेगाना भएका पङ्कज अग्रवालले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका दुई सयभन्दा बढीको ८० करोड रकम ठगेर फरार भएका छन्।
प्रहरी निरीक्षकलाई बन्चरो प्रहार गरेको अभियोगमा तीनजना पक्राउ
शिवसताक्षी नगरपालिका–९ झरना पुल नजिकै काममा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मुद्रासहित विदेशी नागरिक पक्राउ
पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठग्ने क्रम बढ्यो : नेपाल प्रहरी
जिल्ला प्रहरी परिसर काठमाडौँले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी हुने क्रम बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले यस बारेमा नागरिकहरू सचेत हुनुपर्ने बताएको हो ।
सर्बिया पठाउने भन्दै डेढ लाख ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीको प्रलोभन देखाइ एक लाख ५० हजार ठगी गर्ने सुमन बुढाथोकीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता, छजना पक्राउ
विराटनगर महानगरपालिका–९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका बुवा हर्कबहादुर राईको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
ललिता निवास जग्गा हिनामिना प्रकरणबारे सिआईबीले बुझायो प्रतिवेदन
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ ।
नातिनीलाई जबरजस्ती गर्ने हजुरबा पक्राउ
आफ्नै १४ वर्षीया नातिनीलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा इलामका एक व्यक्ति पक्राउ परेका छन् ।
भक्तपुरको बालसुधार गृहबाट भागे बालबालिका
भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहबाट बालबालिका फरार भएका छन् । भक्तपुर जिल्ला प्रहरी कार्यालयले फरारमध्ये केही नियन्त्रणमा आएको भए पनि यकिन सङ्ख्या प्राप्त नभएको जानकारी दिएको छ ।
पाँच सय किलोग्राम पटकासहित जैसवाल पक्राउ
पाँच सय किलोग्रामभन्दा बढी पटकासहित जितेन्द्रकुमार जैसवाललाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली नोटसहित एक पक्राउ
सुनसरीको रामधुनी नगरपालिका बाट १७ हजार ५ सय नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार रामधुनी वडा १ का ३६ वर्षीय रोशन चौधरीलाई ५ सय रुपियाँका ३५ थान नक्कली नोटसहित इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।
सुन तस्करीमा पक्राउ परेका चिनियासँग भारतीय आधारकार्ड र नेपाली नागरिकता फेला
हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ ।
झापाकी कमला इराकमा ‘बन्धक’
अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उहाँकी आमाले उद्धारका लागि अपिल गर्नुभएको छ ।
बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई नौ महिना कैद सजाय
बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई नौ महिना कैद सजाय फैसला भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक योगेन्द्र प्रसाद धमलालाई नौ महिना कैद सजाय फैसला भएको हो ।
हँसिया र रडको प्रयोग गरी बीभत्स हत्या
झापामा मेचीनगर नगरपालिका–८ का ३५ वर्षीय सुन्दर किसानको हँसिया र रडको प्रयोग गरेर बीभत्स हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
वडा अध्यक्षविरुद्ध छ लाखको भ्रष्टाचार मुद्दा दायर
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तिलकराम कँडेलविरुद्व छ लाख दश हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।
मुद्दा दर्ता सङ्ख्या बढेपछि कार्यान्वयनमा चुनौती
केही समयअघि जिल्ला प्रहरी कार्यालय बाँकेमा छिमेकीले कुखुराका खुट्टा भाँचिदिएको भन्दै निवेदन दर्ता भयो । निवेदनपछि प्रहरीले दुबै पक्षलाई बोलाएर छलफल गरायो । छलफलपछि दुवैजनाबीच सहमति भयो र विवाद टुङ्गियो ।
फेसबुक आइडी ह्याक गरेर ठगी गर्ने पाँच जना पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरुका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।
सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ
सुन तस्करीको अभियोगमा प्रहरीले थप दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरूलाई गए राति पक्राउ गरेको हो ।
सडक डिभिजन लाहानका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन लाहान, सिराहाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
युवकले आफ्नै संवेदनशील अङ्ग काटेपछि ...
हेटौँडामा एक युवकले आफ्नै संवेदशील अङ्ग (लिङ्ग) काटेर हेटौँडा अस्पताल भर्ना हुनुभएको छ । हेटौँडा उपमहानगरपालिका –१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बस्नुभएका २२ बर्षीय नवीन हुमागाइँले संवेदनशील अंग (लिंग) काटेर घाइते हुनुभएको हो ।
सुन तस्करी प्रकरण : थप चारजना चिनियाँ नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट बरामद सुन प्रकरणमा थप चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।