छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सल्यानको शारदा नगरपालिका लुहापिङस्थित त्रिभुवन जनमाध्यमिक विद्यालयको भवन निर्माणमा रकम अनियमितता गरेको आरोपमा छ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चौध जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न भएको आरोपमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन उपसचिव परशुराम अधिकारीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार विशेष अदालत काठमाडौँमा उक्त मुद्दा दायर गरेको हो। आयोगका अनुसार उपसचिव अधिकारीको मिलेमतोमा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को कित्ता नम्बर १३९९ को ९१ दशमलव ३१ वर्गमिटर सरकारी जग्गा भक्तरत्न तुलाधरको नाममा कायम गरिएको थियो। उक्त जग्गा आफ्नो भए पनि सरकारी कार्यालयको कमजोरीका कारण सरकारको नाममा दर्ता भएकाले आफ्नो नाममा कायम गरिदिन तुलाधरले मालपोत कार्यालयमा निवेदन दिनुभएको थियो।
धनकुटामा शङ्कास्पद वस्तु फेला
धनकुटामा शङ्कास्पद बस्तु फेला परेको छ । धनकुटाको धनकुटा नगरपालिका वडा नम्बर ९ को बेलहारामा रहेको प्रहरी कार्यालयको डेढ किलो मिटरमाथि शङ्कास्पद वस्तु फेला परेको हो ।
पाँच जिल्लामा ५३ राउन्ड हवाई फायर
निर्वाचनको समयमा देशभर ५३ राउन्ड हवाई फायर भएको छ । हवाई फायर भए पनि अहिलेसम्म कुनै ठाउँमा गोली चलेको छैन । पाँच जिल्लामा हवाई फायर भएको हो । रौतहट, सिराहा, चितवन, दोलखा र बाजुरामा हवाई फायर भएको केन्दीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो ।
सवारी दुर्घटनामा पत्रकार एनबी कँडेलको निधन
पत्रकार एनबी कँडेल (नरबहादुर कँडेल) को सवारी दुर्घटनामा परी निधन भएको छ ।
हातहतियारसहित तीन जना पक्राउ
विभिन्न हातहतियारसहित तीन जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । बर्दियाको बासगढी नगरपालिका-२ सिमलघारीबाट विभिन्न हातहतियारसहित तीन जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
सट्टेबाजी गरेको आशङ्कामा दर्शक पक्राउ
नेपाल र युएईबीच जारी एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा केही दर्शकलाई प्रहरीले त्रिवि मैदान कीर्तिपुरबाटै पक्राउ गरेको छ ।
डेढ करोड रुपियाँ बराबरको अवैध सामान बरामद
रसुवामा प्रहरीले झण्डै डेढ करोड रुपियाँ बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बीओपी टिमुरेले भन्सार छली सीमा इलाकाको अस्थायी ड्राइपोर्ट रसुवामा राखिएको अवस्थामा सो सामान बरामद गरेको हो ।
सुनसरीमा सुरक्षा अधिकारीद्वारा अनुगमन
सुनसरीका सुरक्षा अधिकारीद्वारा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी मतदान स्थलहरुको अनुगमन गरिएको छ । भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएका स्थानीय तहमा रहेका मतदान केन्द्र तथा स्थलहरुकोे निरीक्षण तथा अनुगमन गरिएको हो ।
घुस लिएको अभियोगमा वैदेशिक रोजगार विभागका पाण्डे पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले ३० हजार नगद घुस लिएको अभियोगमा वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेलाई नियन्त्रणमा लिएको छ ।
दुई जनाको हत्या अभियोगमा सोनाम पक्राउ
खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुई जनाको हत्या अभियोगमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ भगेरी बस्ने २१ वर्षीय पुष्कल भन्ने सोनाम तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
गुल्मीमा ७४ वर्षीया वृद्धाको शङ्कास्पद मृत्यु
ल्मीमा ७४ वर्षीया वृद्धाको आफ्नै घरभित्र शङ्कास्पद मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर ५ की ७४ वर्षीया जीवकला थापाको घरको ढोकामा ताल्चा लगाएको र घरभित्र थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
निर्वाचन सुरक्षा भरपर्दो बनाउँदै जिल्ला प्रशासन
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सुरक्षा व्यवस्थाबारे चासो र चर्चा बढ्न थालेको छ । केही समूहले निर्वाचन बिथोल्न औपचारिक रुपमै आह्वान गरेको र गतिविधि बढाएकाले सुरक्षा व्यवस्था थप कडा पारेको प्रशासनले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं महानगरपालिका-११ थापाथलीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
नक्कली नोट र पेस्तोलसहित छ जना पक्राउ
प्रहरीले नक्कली नोटको कारोबार गर्ने गिरोहसहित नक्कली जस्तो देखिने हजारको ९७ ओटा नोट र एक थान कटुवा पेस्तोल नियन्त्रणमा लिएको छ ।
इजरायलबाट भित्रिएको खात बरामद
इजरायलबाट नेपाल भित्रिएको खात (हरियो चियापत्ती) लागूऔषध रहेको पाइएको छ। ग्रिन टीको प्याकेटमा इजरायलबाट आएको लागूऔषध अमेरिकामा तस्करी हुन लागेको पाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र लागूऔषध नियन्त्रण ब्युरो संयुक्त टोलीले नियन्त्रित लागूऔषध ४८० केजी खात (ग्रिन टीजस्तै लागूऔषध)सहित दुई जनालाई पक्राउ गरेको छ।
विशेष अदालतले फैसला गरेका १२२ मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १२२ वटा मुद्दाहरूमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौंको जोरपाटीबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी केदारनाथ मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । तेह्रथुम अठराई गाउँपालिका–५ घर भएका ५४ वर्षीय केदारनाथ मिश्रलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
ठगी आरोपमा दुई जना पक्राउ
काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कमा डलर साट्ने बहानामा ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार वैदेशिक रोजगारीको सिलसिलामा ओमनबाट काठमाडौं आएका व्यक्तिलाई ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
नक्कली फेसबुक खोलेर चरित्रहत्या गर्ने पक्राउ
प्रहरीको साइबर ब्यूरो काठमाडौँले नक्कली फेसबुक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने व्यक्तिको खोजी तीव्र पारेको छ।
तस्करीका काठसहित एक पक्राउ, दुई फरार
वन कर्मचारीको टोलीले तस्करीका काठसहित बर्दिबासबाट एकजनालाई नियन्त्रणमा लिएको छ भने दुईजना फरार छन् । ५८ वर्षीय शोभा थिङलाई काठ चिरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
प्रहरी हिरासतको अनुगमन
राधा लुइटेल फिदिम, १८ कात्तिक । महान्यायाधिवक्ताकाे कार्यालयबाट आएको टोलीले जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासत र अपराध अनुसन्धान कक्ष अनुगमन गरेको छ।शुक्रबार सहन्यायाधीवक्ता शम्भु कार्की र उपसहन्याधिवक्ता सविता सर्माको टोलीले हिरासत र अपराध अनुसन्धान कक्षको अनुगमन गरेको हो।अनुगमनका क्रममा हिरासत राखिएका थुनुवाको मानवअधिकार अवस्था, प्रहरीले गर्ने व्यवहार, खाने बस्ने व्यवस्थापनसहित आधारभूत आवश्यकताको निरीक्षण निरीक्षण गरेको हो। हिरासतको अवस्था सन्तोषजनक पाइएको सहन्यायधिवक्ता कार्कीले जानकारी दिनुभयो। अनुगमन र निरीक्षण पश्चात् अपराध अनुसन्धान र जिल्लामा शान्ति सुरक्षाको अवस्था विषयमा अन्तरक्रिया गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले जानकारी दिनुभयो।
निहारिकाको छोरोको डिएनए शिवराजसँग मिल्यो
लक्ष्मी चौधरीजनकपुरधाम, कात्तिक १८ गते। कुमारी आमा निहारिका सिंह राजपुतका छोराको डिएनए बलात्कार आरोपी शिवराज श्रेष्ठसँग मिलेको छ।करिब नौ महिनाको सङ्घर्षपछि महोत्तरी जिल्ला जलेश्वरकी निहारिका राजपुतको छोराको डिएनए धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ का शिवराज श्रेष्ठसँग मिलेको हो।विधि विज्ञान प्रयोगशाला काठमाडौंले शुक्रबार उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट आएको निहारिकाले जानकारी दिनुभयो।निहारिकाले २०७९ साउन २७ गते राष्ट्रपति कार्यालय, शीतल निवास अगाडि आत्मादाहको प्रयास गर्नु भएको थियो। त्यसपछि भदौ ५ गते तत्कालीन कानुनमन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति भएपछि निहारिकाले अनशन तोड्नु भएको थियो ।सहमतिमा उहाँको माग बमोजिम आरोपी श्रेष्ठसँग कुमारी आमा निहारिकाको बच्चाको डिएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो। त्यसक्रममा भएको राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा छोरा र श्रेष्ठको डीएनए जाँच भएको थियो। सो डीएनए रिपोर्ट श्रेष्ठसँग छोरासँग मिलेको शुक्रबार सार्वजनिक गरेको निहारिकाले बताउनुभयो।डिएनए रिपोर्ट आएता पनि सार्वजनिक गर्न नमानेपछि शुक्रबार निहारिका प्रधानमन्त्री निवास बालुवाटार गएर धर्नामा बस्नुभएको थियो। सो धर्ना पश्चात् रिपोर्ट सार्वजनिक गरिएको निहारिकाले बताउनुभयो। बच्चा शिवराजकै रहेको निहारीकाको दाबीपछि उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गएको भदौ ८ गते दुवै जनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो।
स्रोत नखुलेको रकमसहित पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको रकमसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।