फरार रहेका प्रतिवादी प्रकाउ
दाङमा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।
फिफिया एपमार्फत अनलाइन ठगी गर्ने महिला पक्राउ
‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर रु. ११ लाख २७ हजार ठगी गरेको आरोपमा पक्राउ परेकी एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ ।
बाल सुधार गृहमा झडप : एकको निधन, १० घाइते
बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु वाल सुधार गृहमा रहेका दुई समूहबिच झडप भएको छ । आज राती भएको झडपमा एक जनाको निधन भएको छ भने १० जना गम्भीर घाइते भएको बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरले जानकारी दिनुभयो ।
आमाछोरीको हत्या आरोपमा एक पक्राउ
सल्यानमा आधा शरीर जलेको अवस्थामा शव फेला परेको छ । शव एउटै घरका आमाछोरीको भएको प्रहरीको भनाइ छ ।
गुल्मीमा प्रहरीद्वारा गाँजा फडानी
जिल्ला प्रहरी कार्यालय गुल्मीले रेसुङ्गा नगरपालिकाको दुई स्थानमा गाँजा फडानी गरेको छ । रेसुङ्गा नगरपालिका–१ को क्याम्पसरोड र वडा–९ को चौदिलामा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोटहरू फडानी गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
अनलाइन गेमबाट ११ लाख ठगी गर्ने पक्राउ
सामाजिक सञ्जालको माध्यममा साथी बनाइ जीमेल, फीफा एपको लिङ्क पठाएर अनलाइन ठगी गर्ने २८ वर्षीय दादिकि शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
रेग्मीसहित ३६ जनाको मुद्दा सर्वोच्चमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीपा रेग्मीसहित ३६ जनाको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
प्रलोभनबाट सावधान रहन प्रहरीको अनुरोध
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइनबाट प्राप्त हुने प्रलोभनबाट सावधान रहन अनुरोध गरेको छ।
३२ थान मोबाइलसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्ज विमानस्थलबाट अवैधरुपमा राजधानी लैजान लागिएको ३२ थान मोबाइल सेट सहित चार जना भारतीय नागरिकलाई पक्राउ परेका छन् ।
अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
हतियारधारी समूहद्वारा लुटपाट, घरधनीमाथि आक्रमण
सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्ति टोलमा हतियारधारी समूहले एक घरमा लुटपाट गरेको छ ।
कपिलवस्तु कारागारबाट आठ कैदी रिहा
संविधान दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका आठ जना कैदी रिहा भएका छन् । कैद मिनाहा भएका सबै कपिलवस्तुका रहेका छन् ।
दुई क्विन्टल १० किलो लागूऔषध गाँजासहित दुई पक्राउ
महोत्तरी प्रहरीले दुई क्विन्टल १० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
तान्जानीय पठाउने भनी रकम ठगी गर्ने पक्राउ
तान्जानीय पठाउने भनी रकम ठगी गर्ने ४२ वर्षीय गणेश बहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षविरुद्ध डेढ लाखभन्दा बढीकाे भ्रष्टाचार मुद्दा
उदयपुरको उदयपुरगढी गाउँपालिका–७ मा रहेको श्री आधारभूत विद्यालय नाङराङ्गेका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष पूर्णबहादुर क्यापछाकी मगरविरुद्ध एक लाख ९० हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
दिउँसै सुनको सिक्री लुटपाट गर्ने चार जना पक्राउ
काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरमा मङ्गलबार दिउँसो दुई तोला बराबरको सुनको लकेटसहितको सिक्री जबरजस्ती लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जापान पठाउने भनी दुई लाख बढी ठगी गर्ने दुई जना पक्राउ
जापानमा वैदेशिक रोजगारीमा पठाउने भनी दुई लाख ७० हजार रुपियाँ लिई सम्पर्कविहीन रहेका ४५ वर्षीय राजकुमार गुरुङ र २८ वर्षीय उदय गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
नापी कार्यालयका अमिन यादवविरुद्ध भ्रष्टाचार मुद्दा
नापी कार्यालय लहानमा कार्यरत अमिन (करार) दीपरन्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
धादिङमा दुई जनामाथि एसिड प्रहार
धादिङको गजुरी गाउँपालिका-२ मलेखुमा एसिड प्रहारबाट दुई जना घाइते भएका छन् ।
छोराले गरे ६२ वर्षीय बुवाको हत्या
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा चिर्पट प्रहार गरी पिताको हत्या भएको छ । नगरपालिकाको वडा नम्बर ८ बोडगाँउमा सोमवार राती अन्दाजी ९ बजे हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर थापाले बताउनु भयो ।
गाउँमा लुटपाट गर्ने तीन जना शङ्कास्पद व्यक्ति पक्राउ
बाँकेको राप्ती सोनारी गाउँपालिका–७ भगरा गाउँमा गत आइतबार राति लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गाउँमा लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
खाजा पसलमा लुकाएको लागूऔषध बरामद, एक जना पक्राउ
जिल्ला प्रहरी कार्यालय चितवनले लागूऔषतसहित एक जनालाई पक्राउ गरेको छ।
मोबाइल बैङ्किङबाट छ लाख ठगी गर्ने पक्राउ
मोबाइल सेवा प्रदायक कम्पनीबाट सिमकार्ड आफ्नो नाममा नामसारी गरी छ लाख दुई हजार ५४८ रुपियाँ ठगी गर्ने २२ वर्षीय सरोज दिवालीलाई प्रहरीले पक्राउ गरेको छ।
तीनकुने हत्या प्रकरणः हत्या गरेको देखेपछि चारै जनाको हत्या
काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य समिलमा भएको चार जनाको हत्या प्रकरणमा सामान्य निहुँमा भएको प्रहरीले निष्कर्ष निकालेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौँको काँडाघारी बस्ने २३ वर्षका सञ्जय भण्डारी एक्लैले हत्या गरेको समितिको निष्कर्ष छ । उनले सुरुमा एक जना मोरङका विशाल राईको हत्या गरेका र उक्त घटना देखेपछि घटना बाहिर जाने डरले अरुको पनि हत्या गरेको स्वीकार गरेका राठौरले बताउनुभयो ।