• ११ मंसिर २०८१, मङ्गलबार

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षविरुद्ध डेढ लाखभन्दा बढीकाे भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, असोज २ गते । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ मा रहेको श्री आधारभूत विद्यालय नाङराङ्गेका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष पूर्णबहादुर क्यापछाकी मगरविरुद्ध एक लाख ९० हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार मगरले तत्कालीन प्रधानाध्यापकबाट कागज भरपाई गरी विद्यालयको सो रकम लिई हालसम्म फिर्ता नगरेकाले सार्वजनिक सम्पत्ति हिनामिना भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर हुन आएको छ ।

आयोगले एक लाख ९० हजार रुपियाँ बिगो रकमसमेत असुल्न मागदाबीसहित मङ्गलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको जनाएको छ ।