• १३ असोज २०८१, आइतबार

छोराले गरे ६२ वर्षीय बुवाको हत्या

blog

जानु पाण्डे

कपिलवस्तु, असोज २ गते । कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा चिर्पट प्रहार गरी पिताको हत्या भएको छ । नगरपालिकाको वडा नम्बर ८ बोडगाँउमा सोमवार राती अन्दाजी ९ बजे हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताउनुभयो ।

विवाद भएपछि वर्ष २५ को लुरे भन्ने भुवन दर्जीले ६२ वर्षीय बुवा बलबहादुर दर्जीलाई चिर्पट दाउराले प्रहार गरेका थिए । टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बलबहादुरलाई उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पताल जितपुर लैजाने क्रममा मृत्यु भएको बताइएको छ । 

घटनाको विषयमा थप अनुसन्धान भएको प्रहरीले जनाएको छ ।