बिपी स्वास्थ्य प्रतिष्ठानका अधिकृतविरुद्ध ३३ लाख बढीको भ्रष्टाचार मुद्दा
सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकृत तेज नारायण साहविरुद्ध ३३ लाख २० हजार २२६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आत्महत्या दुरुत्साहन आरोपमा विद्यालयका प्रिन्सिपल र सञ्चालक पक्राउ
आत्महत्या दुरुत्साहन मुद्धा परेपछि चौरजहारी नगरपालिका– १ को पुरानो बजारमा सञ्चालनमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध मुद्दा दायर
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै नुवाकोटस्थित कन्यादेवी आधारभूत विद्यालयमा कार्यरत शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
सात वटा मरेका गाईसहित दुई जना तस्कर प्रहरी नियन्त्रणमा
सात वटा मरेका गाईसहित दुई जना तस्करलाई प्रहरीले नवलपुरबाट नियन्त्रणमा लिएको छ ।
नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ
बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।
नक्कली मह बनाउने भारतीय नागरिक पक्राउ
चिनीको रसमा अखाद्य पदार्थ मिसाएर नक्कली मह निर्माण गरी बिक्री गर्ने भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालकसहित १७ जनालाई धरौटीमा छाड्न आदेश
जिल्ला अदालत काठमाडौँले ललिता निवासको सरकारी जग्गा किर्ते प्रकरणमा पक्राउ परेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
सुन तस्करी प्रकरण : थप तीन जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी, भन्सार कार्यालयकै नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपाली रहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले तस्करी प्रकरणमा अनुसन्धान गर्ने क्रममा भन्सार कार्यालयका थप तीन जना कर्मचारी पक्राउ परेको जानकारी दिनुभयो। योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या ३० पुगेको छ।
अमेरिका बसेर नेपालमा मानव तस्करी
गैरकानुनी माध्यमबाट अमेरिका पठाउने भन्दै विदेशका विभिन्न स्थानमा पुर्याएर अलपत्र पारी ठगी गर्ने नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई प्रहरीले पक्राउ गरेको छ। रुकुमपूर्वको सिस्ने गाउँपालिका घर भई अमेरिकी नागरिक बनेका गौतमलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भारत हुँदै नेपाल प्रवेश गर्ने नाका रुपन्देहीको बेलहियाबाट बुधबार पक्राउ गरेको हो।
तामाकाे तार चाेरी आराेपमा दुई जना पक्राउ
गोरखकाली रबर उद्योगमा चोरी आराेपमा जना पक्राउ परेका छन् ।
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
सङ्खुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा आज (शुक्रबार) कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरेको छ ।
अष्ट्रेलिया पठाउने भनी नौ लाख ठगी गर्ने पक्राउ
अष्ट्रेलियमा वैदेशिक रोजगारीमा पठाउने भनी नौ लाख रुपियाँ ठगी गर्ने भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ का केशरी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
सुन तस्करी प्रकरण : थप एकजना पक्राउ
पक्राउ पर्नेमा बारा जिल्लाका शिवकुमार सर्राफ रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्षसमेत रहेका सर्राफलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गए राति पक्राउ गरेको हो ।
हत्या आरोपमा ८३ वर्षीय कटुवाल पक्राउ
ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई पक्राउ गरेको हो ।
स्वास्थ्य क्लिनिक सञ्चालक पक्राउ
बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित तीनओटा स्वास्थ्य क्लिनिक सिल गरिएका छन् । अनुगमन गर्दा अवैधरुपमा सञ्चालन गरिएको पाइएपछि ती क्लिनिक बन्द गरिएका हुन् ।
करेन्ट लगाएर माछा मार्ने दुई पक्राउ
गोरखामा करेन्ट लगाएर अवैध रुपमा माछा मार्ने दुई जना पक्राउ परेका छन् । गोरखा नगरपालिका –१०, स्थित सिर्दिखोलामा करेन्ट लगाएर माछा मारिरहेका बेला सोही ठाउँका १८ बर्षीय सञ्जय तामाङ र २८ बर्षका रञ्जित तामाङलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकरी दिनुभयो ।
बलात्कार आरोपमा डाक्टर राई पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा हेटौँडाका एक निजी अस्पतालका सञ्चालक समेत रहेका डा. बसिम राईलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल विद्युत प्राधिकरणका कर्मचारी घुससहित पक्राउ
सुनसरीको नेपाल विद्युत प्राधिकरण, इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान घुस रकमसहित पक्राउ परेका छन् ।
सुन तस्करी प्रकरण : सीमाक्षेत्रबाट एक पक्राउ, काठमाडौँ ल्याइँदै
हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ।
अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
क्यानडा पठाउने भनी ३४ लाख ठगी गर्ने दुई पक्राउ
सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रचारमार्फत आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीको लागि क्यानडा पठाउने भनी ३४ लाख ५७ हजार ७१० रुपियाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लेखा अधिकृत कार्कीविरुद्ध चार करोड ६७ लाख बढीको भ्रष्टाचार मुद्दा
जलस्रोत अनुसन्धान विकास केन्द्र, पुल्चोक ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्कीविरुद्ध पदको दुरुपयोग गरी चार करोड ६७ लाख ३८ हजार ७८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गैर नागरिकलाई नागरिकता प्रदान गर्ने वडाध्यक्ष पक्राउ
झुटा विवरण पेस गरी गैर नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गर्ने झापाको भद्रपुरका एक पूर्व जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । भद्रपुर नगरपालिका वडा नं. ९ का पूर्व वडा अध्यक्ष ५२ वर्षीय शनिलाल राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।