• ११ मंसिर २०८१, मङ्गलबार

अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

blog

काठमाडौं भदौ २५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालले विशेष अदालत काठमाडौँमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट भएको फैसलामाथि अख्तियारलाई चित्त नबुझेकाले सर्वोच्चमा पुनरावेदन गरेको जानकारी दिनुभयो ।

प्रवक्ता दाहालले पुनरावेदन हुने मुद्दामा श्यामकृष्ण च्वामू श्रेष्ठसमेत सात जनामाथि गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप छ । अख्तियारले श्रेष्ठविरुद्ध १४ करोड ६१ लाख २४ हजार ४७८ रुपियाँ बिगोसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

अख्तियारबाट विशेष अदालत, काठमाडौँमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णय अनुसार भदौ २४ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको प्रवक्ता दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।