• ११ मंसिर २०८१, मङ्गलबार

अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

blog

काठमाडौं, भदौ १९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलामाथि अख्तियारलाई चित्त नबुझेकाले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार पुनरावेदन हुने मुद्दामा रवीन्द्रनाथ चौधरी र अर्का प्रतिवादी रामलखन चौधरीमाथि रहेको नक्कली स्थायी अध्यापन अनुमति पत्र बनाइ भ्रष्टाचार गरेको आरोप छ । यसैगरी, गोपालचन्द्र लामा र अर्का प्रतिवादी रामप्रसाद देवकोटामाथि सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोप छ ।

अख्तियारबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये नक्कली स्थायी अध्यापन अनुमति पत्र र सार्वजनिक सम्पत्ति हानि नोक्सानीसम्बनधी मुद्दामा आयोगको निर्णय अनुसार भदौ १८ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको प्रवक्ता दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।