• ११ मंसिर २०८१, मङ्गलबार

सात वटा मरेका गाईसहित दुई जना तस्कर प्रहरी नियन्त्रणमा

blog

बोमलाल गिरी
नवलपुर, भदौ २५ गते ।
 सात वटा मरेका गाईसहित दुई जना तस्करलाई प्रहरीले नवलपुरबाट नियन्त्रणमा लिएको छ ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीबाट चोरमारातर्फ ल्याउँदै गरेको अवस्थामा बा.प्र. ०१–०३–००१ च १३८६ नम्बरको पिकअप जिपमा नौ वटा गाई ल्याउँदै गरेको अवस्थामा दुई जनालाई इलाका प्रहरी कार्यालय दुम्किबासले नियन्त्रणमा लिएको हो ।

पिकअपमा नौ वटा गाई खाँदाखाँद गरेर ल्याउने क्रममा सात वटा गाई मरेको र दुई वटा गम्भीर घाइते अवस्थामा रहेका प्रहरीले जनाएको छ । गाई, पिकअप र घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा पिकअप चालक रौतहट गजुरा ७ निवासी २८ वर्षीय गोजेन्द्र चौधरी र नवलपुरको मध्यविन्दु ८ निवासी ४० वर्षीय ध्रुव कार्की रहेका प्रहरी प्रमुख रेग्मीले बताउनुभयो । उहाँका अनुसार उनीहरूले स्थानीय जातको गाई ल्याएको र प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू गाई तस्कर भएको खुलेको छ ।

घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाई, पिकअप र पक्राउ परेका दुई जना इलाका प्रहरी कार्यालय दुम्किबासमा राखिएको छ ।