• ११ मंसिर २०८१, मङ्गलबार

तान्जानीय पठाउने भनी रकम ठगी गर्ने पक्राउ

blog

तान्जानीय पठाउने भनी रकम ठगी गर्ने ४२ वर्षीय गणेश बहादुर सिंह । तस्बिर : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय

काठमाडौं, असोज २ गते । तान्जानीय पठाउने भनी रकम ठगी गर्ने ४२ वर्षीय गणेश बहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार स्थायी घर दैलेख नारायण नगरपालिका– ७ भई हाल काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू बस्ने सिंहले बुद्धिराम पुन मगरलाई तान्जानीयामा आकर्षक तलब हुन्छ भनी प्रलोभनमा पारेर रकम लिई सम्पर्कविहीन भएका सिंहलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार उनलाई मङ्गलबार सितापाइलाबाट पक्राउ गरी थप अनुसन्धानका तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।