• ११ मंसिर २०८१, मङ्गलबार

बैंकिङ कसुरका फरार व्यक्ति प्रक्राउ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ११ गते । बैँकिङ कसुरमा फरार एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । नुवाकोट पञ्चकन्या गाउँपालिका –२ का ३८ वर्षीय सन्तोष घलेलाई आज काठमाडौंको छाउनिबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिनुभयो । 

उनी तारकेश्वर नगरपालिका –१० मा बस्दैआएका थिए । घलेलाई दिउँसो १२ बजे पक्राउ गरिएको उहाँले बताउनुभयो । अहिले घलेलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्जमा पठाइएको छ ।