• ११ मंसिर २०८१, मङ्गलबार

जुवा खालबाट पक्राउ परेका पालिका अध्यक्ष धरौटीमा छुटे

blog

फडिन्द्र अधिकारी

लेखनाथ, भदौ १३ गते । जूवा खालबाट पक्राउ परेका मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष २५ हजार धरौटीमा छुटेका छन् । जूवा खालबाट पक्राउ परेका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जना जनही २५ हजार धरौटीमा छुटेका हुन् । 

जिल्ला प्रशासन कार्यालय कास्कीले उनीहरूलाई जनही २५ हजार धरौटीमा छाडेको हो । उनीहरू धरौटी बुझाएर रिहा भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । भदौ ७ गते पोखरा महानगरपालिका ८ सिर्जनाचोकस्थित होटेल लक्ष्मीबाट पक्राउ कास्की प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले उनीहरूलाई धरौटीमा छाड्न आदेश दिनुभएको थियो ।  अध्यक्ष लालचनसहित घोरपझोङका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जना चोकका शङ्कर ज्वारचन, पोखरा महेन्द्र पुलका गुन्ज हिराचन, राम बजारका राजु गुरुङ र राम बजारकै दलबहादुर हिराचन पक्राउ परेका थिए । उनीहरूको साथबाट ४ लाख ४७ हजार ८० रुपैयाँ बरामद भएको थियो ।