काठमाडौं, भदौ ४ गते । भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहबाट बालबालिका फरार भएका छन् । भक्तपुर जिल्ला प्रहरी कार्यालयले फरारमध्ये केही नियन्त्रणमा आएको भए पनि यकिन सङ्ख्या प्राप्त नभएको जानकारी दिइएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उक्त गृहमा जम्मा दुई सय ९९ बालबालिका रहँदै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “४३ महिला र २५६ पुरुष रहँदै आएका थिए । पुरुषमध्ये कति भागेको यकिन भएको छैन ।”
उहाँका अनुसार उक्त गृहको एक जना आइतबार भक्तपुरस्थित नागरिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि त्यहाँका बालबालिका भागेको प्रारम्भिक सूचना छ ।
त्यसयता अधिकारकर्मी एवम् आफन्तजनले गृहमा तोडफोड गरेका छन् ।