कोकिला ढकाल
इलाम, जेठ २६ गते । पछिल्लो समय इलाममा हुुने जुनसुुकै कार्यक्रममा जिल्लाका लागि कुुनै क्षेत्रमा केही भएन भन्ने धेरैको गुनासो सुनिन्छ । जिल्लामा केही भएको छ भन्ने उदाहरण पनि इलाममा रहेको छ ।
त्यस्तै, यतिबेला इलाम अस्पताल छेउमा सञ्चालन भइरहेको अक्सिजन उत्पादन केन्द्र हो । तीन वर्षयता सञ्चालनमा रहेको अक्सिजन केन्द्रबाट अहिले दैनिक छ सयदेखि सात सय किलो अक्सिजन उत्पादन भइरहेको छ ।
यहाँ उत्पादन भएको अक्सिजन इलाम अस्पतालमा आएका बिरामीका लागि पर्याप्त भएर बाहिरका बिरामीलाई समेत पुुग्नेगरेको छ । कोभिड १९ को सङ्क्रमणका समयमा बिरामीलाई अक्सिजन अभाव भएपछि प्रदेश र सङ्घीय सरकारको सहयोगमा सदरमुकाममा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको थियो ।
यो प्लान्टबाट अहिले पर्याप्त अक्सिजन उत्पादन हुनेगरेको इलाम अस्पतालका वायो प्राविधिक खेमराज घिमिरेको भनाइ छ । घिमिरेका अनुसार यो प्लान्टबाट सोझै अस्पताल बेडसम्म जडान गरिएको छ । यस्तै अस्पतालमा आएका बिरामी र बाहिर पठाउनुु पर्ने बिरामीलाई एम्बुलेन्समा निःशुल्क दिने गरिएको छ ।
अन्य अस्पतालबाट आएका बिरामी र अक्सिजन सिलिन्डर आवश्यक पर्ने बिरामीलाई पनि अक्सिजन भरेर दिने गरेको प्राविधि घिमिरेले बताउनुुभयो । ‘कतिपय आर्थिक अवस्था नाजुक भएका बिरामीलाई भने हामीले निःशुल्क पनि अक्सिजन दिने गरेका छौं’ घिमिरे भन्नुुहुन्छ, ‘यहाँ अस्पताल बाहिरका बिरामीलाई प्रतिसिलिन्डर सात सय रुपियाँका दरले उपलब्ध गराइन्छ । यो सिलिन्डर बाहिरबाट ल्याउनुु पर्दा एक हजार पाँच सय रुपियाँ खर्च गर्नुपर्छ ।’
अहिले उत्पादन भइरहेको अक्सिजनले पर्याप्त भइरहेको र आवश्यक परे त्योभन्दा बढी पनि उत्पादन गर्न सकिने घिमिरेको भनाइ छ । अक्सिजन प्लान्ट जडान भएपछि अस्पतालको आकस्मिक कक्षमा धेरै सहज भइरहेको अस्पतालको इमर्जेन्सी इन्चार्ज टीका लुुईंटेलले बताउनुुभयो ।
‘प्रायः इमर्जेन्सीमा आउने बिरामीलाई अक्सिजन आवश्यक पर्छ । जिल्लामै अक्सिजन प्लान्ट नहुुन्जेल धेरै गाह्रो थियो, बाहिरी जिल्लाबाट सिलिन्डर भरेर ल्याउनुु पथ्र्यो, कोभिडका बेला त अत्यन्तै गाह्रो भयो’ लुुईंटेलले भन्नुुभयो, ‘अहिले इलाम अस्पतालमा अक्सिजन अभावले बिरामी छटपटिनुु परेको छैन ।’
अस्पतालको इमर्जेन्सी कक्षमा उपचारका लागि दैनिक ६०–७० को हाराहारीमा बिरामी आउने गरेका छन् । तीमध्ये अक्सिजन आवश्यक पर्ने बिरामी पनि ८–१० जना हुने गरेको अस्पतालले जनाएको छ । यो प्लान्टलाई हेर्दा अक्सिजनमा इलामवासी सन्तुुष्ट हुने अवस्था रहेको बताइएको छ ।