• ११ मंसिर २०८१, मङ्गलबार

नातिनीलाई जबरजस्ती गर्ने हजुरबा पक्राउ

blog

कोकिला ढकाल

इलाम, भदौ ४ गते । आफ्नै १४ वर्षीया नातिनीलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा इलामका एक व्यक्ति पक्राउ परेका छन् । 

६५ वर्षीय ती व्यक्तिले आफ्नै छोराकी छोरीलाई एक वर्ष यता करणी गर्दैआएको र उनको चार महिनाको गर्भ रहेको खुलेको जनाइएको छ । दुई दिनअघि पक्राउ गरिएका ती व्यक्तिलाई जिल्ला अदालतबाट आज म्याद थपगरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

पछिल्लो एक वर्ष यता बालिकालाई पटक–पटक करणी गरेको र गर्भ समेत रहेको पीडितको स्वास्थ्य जाँचबाट थाह भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश जबेगुले बताउनुभयो । आरोपित व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।