• ११ मंसिर २०८१, मङ्गलबार

पाँच सय किलोग्राम पटकासहित जैसवाल पक्राउ

blog

काठमाडौं, भदौ ३ गते । पाँच सय किलोग्रामभन्दा बढी पटकासहित जितेन्द्रकुमार जैसवाललाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक मिलन केसीका अनुसार गैरकानुनी रुपमा भारतबाट पटका, भुईचम्पा लगायतका आतिसवाजीजन्य विस्फोटक पदार्थ पैठारी गरी भण्डारण गरिएको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको छ ।

उहाँले ललितपुर महानगरपालिका वडा नं.१ कुपण्डोल कानदेवतास्थानमा स्थायी घर बाराका २८ वर्षिय जैसवालले भाडामा लिएको गोदाममा ३१ वटा बोराबाट रकेट बम्स, किङ कोब्रा, फायर वक्र्स, सिभाकासी समेत लेखिएका विभिन्न किसिमको पटकाहरु फेला परेको बताउनुभयो ।

प्रहरीले विष्फोटक पदार्थ सम्बन्धी कसुरमा निजलाई कारवाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुरमा पठाइएको जनाएको छ ।