ललितपुर, भदौ ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका बुवा हर्कबहादुर राईको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
यसैगरी, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि स्वर्गीय राईको पार्थिव शरीरमा श्रञ्द्धाजली अर्पण गर्नुभएको छ ।
मन्त्री सुदन किरातीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको हो ।
मन्त्री किरातीका बुवा लामो समयदेखि अस्वस्थ भई उपचाररत रहनुभएको थियो ।
मन्त्री किरातीका बुवाको पार्थिव शरीर आजै भोजपुरको ओख्रे गाउँ लैजाने तयारी भइरहेको उहाँको निजी सचिवालयले जनाएको छ ।