प्रनाउ केसी सेवाबाट बर्खास्त
नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले केसीलाई मङ्गलबार बर्खास्त गर्नुभएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो ।
नक्कली अधिकृत बनी लाखौँ ठगी, दुई जना पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को नक्कली कार्यालय स्थापना गरी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले कार्यालयमा उपसचिव तथा कार्यालय प्रमुख रहेका जयराम केसी भनेर चिनिने घनश्याम कटुवाल र अधिकृत लीला भोलनलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।
लाइसेन्स बनाइदिने भन्दै चार लाख बढी ठगी गर्ने दुईजना पक्राउ
लाइसेन्स बनाइदिने र ट्रायल पास गराइदिने भनी करिब चार लाख तीस हजार रुपियाँ बराबरको रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने पक्राउ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जनालाई आज प्रहरीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीद्वारा साखु काठ बरामद
झापाको मेचीनगर क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले ७०० क्युफिट साखु काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वको टोलीले शुक्रबार राति सो काठ बरामद गरेको हो ।
पोल्याण्ड पठाउने भन्दै नौ लाख ५० हजार ठगी
पोल्याण्ड पठाउने प्रलोभनमा नौ लाख ५० हजार रुपियाँ ठगी गर्ने ४२ वर्षीय पुष्पराज जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुन प्रकरणमा भन्सार अधिकृतसहित छ जना पक्राउ
राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो परिमाणमा सुन बरामद प्रकरणमा भन्सार अधिकृतसहित छ जनालाई पक्राउ गरेको छ।
नेपालगन्जबाट १४ करोडको प्लाइउड भारत निकासी
नेपालगञ्ज नाका भएर आर्थिक वर्ष २०७९/०८० मा १४ करोड रुपियाँ बढीको प्लाइउड भारततर्फ निकासी भएको छ । नेपालगञ्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आवमा १४ करोड १२ लाख ५४ हजार रुपियाँ मूल्यको प्लाइउड भारततर्फ निकासी भएको हो ।
लागूपदार्थ सेवन गरेर गाडी चलाउने चार जना पक्राउ
प्रहरीले लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चार जना चालकलाई नियन्त्रणमा लिई थप कारबाही अगाडी बढाएको जनाएको छ ।
धरानमा गोली प्रहारबाट एक युवकको मृत्यु
कोशी राजमार्गको धरान इटहरी सडक खण्डको सेउती पुलमा अज्ञात समूहको गोली प्रहारबाट शुक्रबार एक जनाको मृत्यु भएको छ ।
सुन तस्करी प्रकरणः पक्राउ चार जनालाई अनुसन्धान गर्न नौ दिने म्याद थप
एक सय किलो सुन तस्करीको आरोपमा पक्राउ गरेका चिनियाँ नागरिकसहित चार जनामाथि अनुसन्धान गर्न नौ दिनको म्याद थपिएको छ।
हिरासतमै थुनुवा महिलाद्वारा आत्महत्या
सर्लाहीमा एक थुनुवा महिलाले जिल्ला प्रहरी कार्यालयको हिरासतमै आत्महत्या गर्नुभएको छ । प्रहरीले स्रोत नखुलेको रकम र अवैध चाँदीसहित पक्राउ गरेको चक्रघट्टा गाउँपालिका –८, बस्ने ४० वर्षीया हजरत खातुनले प्रहरी हिरासतको शौचालयमा सलको पासो लगाएर आत्महत्या गर्नुभएको हो ।
ललिता निवास प्रकरण : अनुसन्धान गर्न पाँच दिन म्याद थप
काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
करोडौं ठगेर फरार एक जना काँकडभिट्टाबाट पक्राउ
सुन पसलमा आउने ४६६ जना ग्राहकको २४ करोड ६५ लाख ३ सय ५५ रुपैयाँ हिनामिना गरेर फरार रहेका सुनचाँदी व्यवसायी सोमराज विक बिहीबार साँझ काँकडभिट्टाबाट पक्राउ परेका छन्।
सुन प्रकरणबारे बुझ्न गृहमन्त्री श्रेष्ठ भन्सार कार्यालयमा
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पुग्नुभएको छ ।
चोरीका घटनामा अधिकांश युवा संलग्न
खुला सीमाना, लागुऔषध दुव्र्यसनी र बेराजगारी समस्याका कारण धनुषामा चोरीका अधिकांश घटनामा युवा संलग्न रहेको पाइएको छ । चोरीका घटनामा १६ देखि २५ वर्ष उमेर समूहका युवाको संलग्नता रहेको तथ्याङ्क छ ।
डेढ अर्ब बचत हिनामिना सहकारी सञ्चालक सहित कर्मचारी कारागार चलान
बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई अदालतले थुनामा राख्न आदेश दिएको छ ।
सुन तस्करीमा संलग्नमाथि अनुसन्धान गर्न १० दिनको म्याद
सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका छ जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार पक्राउ परेका छ जनालाई थुनामा राख्न अदालते अनुमति दिएको हो ।
आपराधिक घटना र तथ्याङ्कको ग्राफ उकालो लाग्दै : सीआईबी
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक वर्षको कार्यप्रगति सार्वजनिक गरेको छ । बिहीबार आर्थिक वर्ष २०७९/८० को कार्यप्रगति सार्वजनिक गर्दै सीआईबीले विभिन्न मुद्दामा १२५ जनालाई पक्राउ गरेको जनाएको छ ।
सुन तस्करी प्रकरणमा विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
सुन तस्करी प्रकरणमा अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका १३ वटा प्याकेटमा भेटिएन सुन
तस्करीको सुनसँगै क्याथे प्यासेफिकको विमानबाट आएका बाँकी प्याकेजमा सुन हुन सक्ने आशङ्कासहित राजस्व अनुसन्धान विभागले विमानस्थलमा पुनः अनुसन्धान गरेको थियो। ती प्याकेटमा सुन भने फेला नपरेको विभागले जनाएको छ।
विमानस्थल बाहिरबाट बरामद सुन जोख्न राष्ट्र बैङ्क लगिँदै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भइसकेपछि बरामद भएको सुनबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ
विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।
झण्डै सय किलो सुन बरामद
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो परिमाणमा सुन बरामद भएको छ। हङकङबाट मोटरसाइकल र स्कुटरका पार्टपुर्जाको स्वरूपमा नेपाल भित्र्याइएको सुन विमानस्थलबाट जाँचपास भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बुधबार बरामद गरेको हो।