काठमाडौं, साउन ७ गते । पोल्याण्ड पठाउने प्रलोभनमा नौ लाख ५० हजार रुपियाँ ठगी गर्ने ४२ वर्षीय पुष्पराज जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थायी घर भएका जोशीलाई बानेश्वरबाट पक्राउ गरेको जानकारी दिनुभयो ।
जोशी पोल्याण्ड जानका लागि आठ लाख रुपियाँ र आकर्षक तलब हुन्छ भनी पीडितसँग एक लाख ५० हजार रकम लिएर फरार भएका थिए ।