• ११ मंसिर २०८१, मङ्गलबार

नापी कार्यालयका सर्वेक्षकविरुद्ध एक लाखको भ्रष्टाचार मुद्दा

blog

अख्तियार दुरुपयोग अनुसन्धान अयोग । फाइल तस्बिर

काठमाडौं, असार १७ गते। नापी कार्यालय, मनमैंजु काठमाडौंका नापी सर्वेक्षक रमेश उपरकोटीविरुद्व सेवाग्राहीसँग एक लाख ७५ हजार रुपियाँ घुस लिएको आरोप लागेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले आइतबार  विज्ञप्ति जारी गर्दै आरोपित उपरकोटीले जग्गा कित्ताकाट गरी राजीनामा पास गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग सो रकम माग गरेको आरोप लागेको जानकारी दिनुभयो ।

आयोगले सो रकम लेखापढी व्यवसायी अविशेक कार्कीमार्फत लिन लगाएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको जानकारी गराएको छ।