• १३ वैशाख २०८१, बिहिबार

नक्कली शरणार्थी प्रकरण : थप आरोपित पनि अनुसन्धानमा तानिने

blog

काठमाडौँ, जेठ १२ गते । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न ३० जना अभियुक्तमाथि अदालतमा मुद्दा दायर भएसँगै नाम जोडिएका अन्य उच्च पदस्थ अधिकारीमाथि समेत अनुसन्धान अघि बढ्ने भएको छ। 

यस प्रकरणमा प्रहरीले पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत ३० जनाविरुद्ध अनुसन्धान गरे पनि उच्च पदस्थ अधिकारीलाई उन्मुक्ति दिएको भन्दै आलोचना भइरहेको छ। 

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्य व्यक्तिमाथि अनुसन्धान सुरु भएको खुलासा गर्नुभएको छ। विगतमा राज्य सञ्चालनको जिम्मेवारीमा रहेका व्यक्ति नै यस घटनामा संलग्न भएको अनुसन्धाबाट खुलेको बताउँदै उहाँले आफ्नै देशका नागरिकलाई अनागरिक बनाई अर्कै देशको शरणार्थी बनाएर सम्पत्ति आर्जन गर्ने काम क्षम्य नहुने स्पष्ट पार्नुभएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकको शिर निहु-याएको र देश नै लज्जित भएको घटनामा दोषीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने बताउनुभयो।

यस प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौँले चैत १२ गते अनुसन्धान सुरु गरी गत सोमबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले प्रहरीले अभियुक्त किटान गरेका ३० जनामाथि राज्यविरुद्धको कसुर, सङ्गठित अपराध तथा ठगी अभियोगमा जिल्ला अदालत काठमाडौँमा बुधबार मुद्दा दर्ता गरेको छ।

मन्त्री श्रेष्ठले प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको प्रतिनिधि मण्डललाई प्रहरीले पहिलो चरणको अनुसन्धान पूरा गरे पनि थप अनुसन्धान गर्ने बाटो खुला रहेको स्पष्ट पार्दै नाम जोडिएका अन्य व्यक्तिमाथि थप प्रमाण जुटाउने काम प्रहरीले गरिहेको जानकारी दिनुभयो। संलग्न दोषी उम्कन नपाउने र निर्दोष नफस्ने गरी निष्पक्ष अनुसन्धान भइरहेको बताउँदै मन्त्री श्रेष्ठले भन्नुभयो “केही व्यक्तिको नाम आयो तर तिनीहरू अनुसन्धानको दायरामा आएनन् भन्ने जुन गुनासो छ, यसमा दोषी उम्किँदैन निर्दोष फस्दैन।” 

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई प्रभावित बनाई सामसुम पार्ने प्रयास नभएको पनि होइन तर नेपाल प्रहरीले गरेको वस्तुनिष्ठ अनुसन्धान र गृह मन्त्रालय तथा नेपाल सरकारले दबाब–प्रभावबाट प्रहरीलाई मुक्त राख्न गरेको प्रयासले पहिलो चरणको अनुसन्धान पूरा हुन सम्भव भएको हो। पहिलो चरणको अनुसन्धान पूरा भई मुद्दा अदालतमा पुगेपछि आम चासो र भरोसा अब अदालततर्फ 

मोडिएको छ । घटनामा संलग्न हुने गरी अनुसन्धानका व्रmममा नाम आएका व्यक्तिमाथि अनुसन्धानको बाटो खुला राखेर नै अदालतमा मुद्दा दायर गरिएको छ।

प्रहरीले यस प्रकरणमा नाम जोगिएका उच्च पदस्थ अधिकारी र अन्य व्यक्तिबारे समेत थप प्रमाण जुटाउने काम गरिरहेको दाबी मन्त्री श्रेष्ठले सार्वजनिक रूपमा बताउँदै आउनुभएको छ।