• १२ पुस २०८१, शुक्रबार

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, जेठ ३ गते । बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जैसवालसहित आठ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम्रौनगढ नगरपालिका–९, बसबरियादेखि अमरपुर जाने बाटोमा माटो पुरेर ग्राभेल गर्ने काममा उपभोक्ता समितिसँगको सम्झौता शर्तविपरीत नभएको काम भएको भनेर झुटा बिल भरपाईका आधारमा १० लाख आठ हजार ९६५ रुपियाँ भुक्तानी गरेको दाबी छ ।

बुधबार आयोगका प्रवक्ता भोला दाहालले उक्त नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत जयसवालसहित लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर अजितकुमार गुप्ता, असिस्टेन्ट सब इन्जिनियर दिनेश कुमारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिनुभयो । 

त्यस्तै, तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद कानु, उपभोक्ता समितिका अध्यक्ष दिनेशप्रसाद यादव, सचिव वैद्यनाथ प्रसाद यादव र कोषाध्यक्ष गीताकुमारी यादवविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुसँग १० लाख आठ हजार ९६५ रुपियाँ बिगो माग गरेको छ ।