• १ पुस २०८२, मङ्गलबार

दशगजाबाट २० लाखको अवैध कफी बरामद

blog

दशगजा क्षेत्रबाट बरामद भएको कफीका दाना । तस्बिरः बिकास अधिकारी

बिकास अधिकारी
पश्चिम नवलपरासी, पुस १ गते ।
सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको सिमा क्षेत्रबाट २० लाख बराबरको कफीका दाना बरामद गरेको छ । सरावल गाउँपालिका–७ गणेशपुरस्थित नेपाल भारत सिमानाको दशगजा क्षेत्रबाट मङ्गलबार बिहान ४ बजेतिर ट्याक्टरमा लोड गरेर अवैध रुपमा नेपाल भित्र्याउन लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रत्येक बोरामा ६० किलोका दरले ३४ वटा बोरामा दुई हजार ४० किलो कफीका दाना रहेको सशस्त्र प्रहरी बल, २६ नम्बर गण हेडक्वाटर नवलपरासीका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द केसीले जानकारी दिनुभयो ।

उक्त कफीको मूल्य २० लाख ४० हजार र ट्याक्टरको मूल्य आठ लाख गरी २८ लाख ४० हजार बराबरको समान महेशपुर भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । खुल्ला सिमानाको फाइदा उठाउँदै भारतबाट अवैध रुपमा विभिन्न सामग्री नेपाल तर्फ भित्रने गरेको छ ।