• २१ असार २०८१, शुक्रबार

इजरायल पठाइदिने भन्दै ४८ लाख ठगी गर्ने पक्राउ

blog

हरीकला दाहाल ।

काठमाडौं, वैशाख १२ गते । वैदेशिक रोजगारीका लागि इजरायल पठाउने भनेर ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै झापा गाउँपालिका वडा नं. ७ की ३२ वर्षीय हरीकला दाहालसहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ । 

उनीहरुले इजरायलमा पुगेपछि कन्स्ट्रक्सनमा काम लगाइदिने विश्वास दिलाएर प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ४८ लाख रुपियाँ रकम ठगी गरी सम्पर्कविहीन भएको विज्ञप्तिमा उल्लेख छ । 

विशेष प्रहरी टोलीले खोजतलासको क्रममा मंगलबार दिउँसो साढे २ बजे उनीहरुलाई चाबहिल ७ बाट पक्राउ गरेर अनुसन्धानका लागि वैदशिक रोजगार विभागमा पठाएको छ ।