• २८ पुस २०८१, आइतबार

फरार अटोचालक पक्राउ

blog

पक्राउ परेका सुवास सुनार । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, बैशाख १० गते । प्रहरीले अटोको ठक्करबाट बालिकाको मृत्यु भएपछि फरार रहेका घोराही उपमहानगरपालिका –१२ गुर्जे निवासी अटोचालक सुवास सुनारलाई २६ दिनपछि भारतको हरियाणाबाट पक्राउ गरेको छ । 

घोराही उपमहानगरपालिका –१२ गुर्जेस्थित पक्की पुलमा नम्वर नखुलेको अटोले गत चैत १६ गते ठक्कर दिंदा तुलसीपुर उपमहानगरपालिका –१७ निवासी ५ बर्षीय बालिका माघिरा भनिने युबिका बुढाथोकीको मृत्यु भएको थियो । अटोको ठक्करबाट गम्भीर घाइते बालिकाको उपचारको क्रममा चैत २० गते भैरहवास्थित मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार दुर्घट्नामा गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको थियो । ‘पारम्भिक अनुसन्धानका क्रममा हरियो रङको अटोले ठक्कर दिएको भन्ने मात्र खुल्न आएको थियो । अरु केही खुलेको थिएन’,जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गौतमले भन्नुभयो, ‘प्रहरीले सुचना संयन्त्रको प्रयोगसँगै प्राबिधिक माध्यम र सीडीआर एनलाइसिसका माध्यमबाट प्राप्त सुचनाको आधारमा सुवासलाई पक्राउ गर्न सफल भएका हौ ।’ 

प्रहरी नायव उपरीक्षक गौतमका अनुसार सुवास विकले चलाएको रा १ ह ७००३ नंम्वरको अटोले ठक्कर दिदा बालिका गम्भीर घाइते भएकी थिइन । गम्भीर घाइते बालिकको उपचारका क्रममा चार दिनपछि मृत्यु भएको थियो ।