• ११ मंसिर २०८१, मङ्गलबार

स्कुटी र बस ठोक्किएर एकको मृत्यु

blog

रेखीराम राना

पाल्पा, बैशाख ८ गते । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ –३, झुम्सापुल नजिकै बस र स्कुटी एकापसमा ठोक्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा परी बगनासकाली –४, यम्घाका ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । 

तानसेनबाट बुटवलतर्फ जाँदैगरेको लु ७७ प १९६ नम्बरको स्कुटी र बुटवलबाट पाल्पातर्फ आइरहेको लु १ ख ४८४७ नम्बरको बस र स्कुटी शुक्रबार दिउँसो साढे १ बजेतिर  ठोक्किएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । 

घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको थापाले बताउनुभयो ।