• ११ मंसिर २०८१, मङ्गलबार

रुखले च्यापिएर महिलाको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, चैत २० गते । भारतसँगै सीमा जोडिएको सर्लाहीको खुटौनामा सोमबार रुखले च्यापिएर एक  भारतीय महिलाको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका –६, खुटौनास्थित सडक छेउमा रहेको सपेताको रुख काट्नेक्रममा सार्वजनिक बाटोमा रुख ढल्दा भारत बिहार राज्य जिल्ला सितामढी नगरनिगम –१८, नुनिया टोल बस्ने केदार महतो नुनियाकी श्रीमती तुरन्ती देवी (५०) को मृत्यु भएको हो । 

रुखले च्याप्दा महिलाको घटनास्थमै मृत्यु भएको स्थानीयले बताएका छन् । तुरन्ती देवी खुटौनास्थित आफन्तकहाँ निम्तो गर्न आउँदा रुखले च्यापिनुभएको थियो । घटनापछि  उहाँको आफन्त आएपछि मृतक तुरन्तीको सनाखत भएको सर्लाही प्रहरीका सूचना अधिकारी कैलाश राईले जानकारी दिनुभयो । 

उहाँका अनुसार पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा रहेको मृतक महिलाको शव कानूनी प्रक्रिया पूरागरी परिवारलाई बुझाउने तयारी भइरहेको छ । रुख ढाल्ने व्यक्ति फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।