• ४ वैशाख २०८१, मङ्गलबार

चोरी पैठारीका कपडासहित एकजना पक्राउ

blog

बरामद लत्ता कपडा

गोरखापत्र अनलाइन

रुपन्देही, चैत १४ गते । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट आज सशस्त्र प्रहरीले करीब एक लाख ६० हजार रुपियाँ बराबरको चोरी पैठारीका लत्ता कपडासहित एक जनालाई नियन्त्रणमा लिएको छ । 

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित सोही जिल्लाको ओमसतिया गाउँपालिका २ पडसरी बस्ने ४० वर्षिया पुजा थापालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी डण्डाले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका थापालाई बरामद लत्ता कपडासहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको जानकारी सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले दिनुभयो ।