• १६ चैत २०८०, शुक्रबार

श्रीमान् हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

blog

लीलाधर ओली
घोराही, चैत १५ गते । 
दाङमा एक व्यक्तिको हत्या भएको छ । जिल्लाको बंगलाचुली गाउँपालिका–२ मर्फेसमा मङ्गलबार राति ८ बजे तिर ४२ वर्षीय रेशम सुनारको हत्या भएको हो ।

घरायसी विवादका क्रममा ३२ वर्षीया श्रीमती चन्द्रा सुनार र १७ वर्षीय छोरा शिवराज सुनारले कोदालो प्रहार गरी रेशमको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजन गौतमले भन्नुभयो, ‘‘घरायसी विवादमा आमाछोरी मिलेर रेशमको हत्या गरेको देखिएको छ । श्रीमती र छोरालाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’’

प्रहरीले मङ्गलबार राति नै घटनास्थल पुगेर मृतककी श्रीमती र छोरालाई पक्राउ गरेको छ । मृतक रेशमको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिनुभएको छ ।