• २ जेठ २०८१, बुधबार

जग्गा नामसारी गर्दा घुस लिएको आरोपमा दुई जना पक्राउ

blog

काठमाडौं,फागुन १८ गते। महोत्तरीका दुई जनामाथि जग्गा नामसारी गर्दा नौ हजार रुपियाँ घुस लिएको आरोप लागेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बिहीबार सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायबसुब्बा रामकृष्ण पण्डित र सुभाष चन्द्रलाल कर्णले जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग सो रकम घुस लिइएको उल्लेख छ। 

आयोगले फागुन १८ गते निजलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ।