• १२ वैशाख २०८१, बुधबार

आत्मदाह प्रयासअघि फेसबुकमा लामो स्ट्याटस

blog

नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गर्दै इलामका युवक । तस्बिर : सामाजिक सञ्जाल

काठमाडौं, माघ १० गते। सङ्घीय संसद् भवन अगाडि मङ्गलबार दिउँसो एक व्यक्तिले आफैँलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका छन्। 

इलाम पञ्चकन्याका घर भएका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैँलाई आयो लगाएका हुन्। उहाँलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तिपुर लगेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका  अनुसार उहाँको कीर्तिपुर अस्पतालमा उपचार भइराखेको छ। 

बानेश्वरमा आत्मदाह प्रयासअघि उहाँले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटससहित आफ्नो परिवारको तस्बिर सार्वजनिक गर्नुभएको थियो।