नेपाललाई एक खेल अगावै सिरिज जित्ने मौका
अमेरिकाविरुद्ध टी–२० सिरिजको दोस्रो खेलमा नेपालले आइतबार बिहान खेल्दैछ ।
वेस्ट इन्डिजलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा
न्युजिल्यान्ड आइसिसी महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
सन्दीप लामिछानेलाई अमेरिकाले दियो भिसा : आजै अमेरिका जाँदै
नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार काठमाडौंस्थित अमेरिकी दूतावासले शुक्रबार भिसा उपलब्ध गराएको हो ।
टी–२० क्रिकेट : नेपालको विजयी सुरुवात
अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा शुक्रबार बिहान भएको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो ।
टी-२० महिला विश्वकप : दक्षिण अफ्रिका फाइनलमा
दुबई इन्टरनेशल क्रिकेट मैदानमा बिहीबार राति भएको पहिलो सेमिफाइनल खेलमा ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई आठ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको हो ।
अमेरिकालाई नेपालले दियो एक सय ६५ रनको लक्ष्य
टी–२० सिरिजको पहिलो खेलमा नेपालले जितका लागि अमेरिकालाई एक सय ६५ रनको लक्ष्य दिएको छ ।
पूर्व मुख्य प्रशिक्षक पुबुदु नेपाली क्रिकेट टिमको मेन्टर नियुक्त
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशानायकेलाई मेन्टर नियुक्त गरेको छ ।
नेपाल र अमेरिकाबिच टी–२० सिरिज शुक्रबारदेखि
आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग टी–२० क्रिकेट खेल्ने भएको छ ।
अभ्यास खेलमा नेपाल विजयी
अमेरिकामा हुने आसन्न आइसिसी विश्वकप लिग–२ सिरिजको तयारीका लागि क्यानडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडा हाइपर्फर्मेन्स टिम (एचपी)लाई हराएको छ ।
नेपालले जित्यो सिरिज
क्यानडाको हाइप्रोफमेन्स (एचपी) विरुद्धको एक दिवसीय सिरिज नेपालले जितेको छ । अमेरिकामा हुने आसन्न आइसिसी विश्वकप लिग–२ सिरिजको तयारीका लागि खेलिएको तीन खेलको सिरिज नेपालले २–१ ले जितेको हो ।
डिसिएका मात्रै ६ खेलाडी एनपिएलमा अनुबन्ध
धनगढी क्रिकेट एकेडेमी (डिसिए) का मात्र ६ जना खेलाडी नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अनुबन्ध भएका छन् ।
एनपिएलमा बाह्र क्रिकेटरलाई अधिकतम रकम
विश्व क्रिकेटमा फ्रेन्चाई लिग क्रिकेटको लोकप्रियता उत्कर्षमा छ ।
अभ्यास खेलमा नेपाल विजयी
आइसिसी विश्वकप लिग–२ सिरिजको तयारीमा रहेको नेपालले दोस्रो एक दिवसीय अभ्यास खेलमा क्यानडाको हाइप्रोफमेन्स (एचपी) टोलीलाई हराएको छ ।
शक्ति लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक
राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ ।
क्यानडाले जित्यो टी–२० सिरिज
त्रिकोणात्मक टी–२० सिरिजको उपाधि आयोजक क्यानडाले जितेको छ । बिहीबार राति भएको खेलमा ओमानलाई पाँच विकेटले हराउँदै क्यानडाले सिरिज जितेको हो ।
टि–ट्वान्टी : नेपालद्वारा ओमान पराजित
क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो ।
दीपेन्द्र टी–२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा उक्लिनुभएको छ ।
नेपाल क्यानडासँग चार विकेटले पराजित
क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग चार विकेटले स्तब्ध भएको छ । प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९औँ ओभरमा दुई छक्का र एक चौकाको सहयोगमा १८ रन जोडेपछि क्यानडाले जित सहजै आफ्नो पक्षमा पार्यो ।
चितवन राईनोजको लोगो सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टिम चितवन राईनोजको लोगो सार्वजनीक गरिएको छ ।
नेपाल र क्यानडाको टी–२० आज
त्रिकोणात्मक टी–२० सिरिजमा आज (मङ्गलबार) राति नेपालले घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ ।
एनपिएलको ‘कमर्सियल राइट्स’ ६ करोडमा विक्री
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को रणनीतिक व्यावसायिक अधिकार ब्रान्ड लजिकले पाएको छ ।
एनपिएल टोली सुदूरपश्चिमको लोगो सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिमले टोलीको नाम र लोगो सार्वजनिक गरेको छ ।
‘टि ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित
क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।
नेपाल आज ओमानसँग टी–२० खेल्दै
नेपालले त्रिकोणात्मक टी–२० सिरिजमा आज (आइतबार) राति ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।