• २ कात्तिक २०८१, शुक्रबार

अमेरिकालाई नेपालले दियो एक सय ६५ रनको लक्ष्य

blog

ब्याटिङ गर्दै नेपालका कप्तान रोहित पौडेल । तस्बिर : क्यान

काठमाडौँ, कात्तिक २ गते । टी–२० सिरिजको पहिलो खेलमा नेपालले जितका लागि अमेरिकालाई एक सय ६५ रनको लक्ष्य दिएको छ । 

अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा शुक्रबार बिहान पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६४ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित कुमार पौलेलले अविजित ४९ रन बनाउनुभयो । यस्तै दीपेन्द्रसिंह ऐरीले २, ओपनरद्वय अनिल शाह र आशिफ शेखले २७/२७ तथा गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन बनाउनुभयो ।

बलिङमा अमेरिकाका जसदिप सिंह, सौरभ नेत्राभाल्कर र हर्मित सिंहले दुई दुई विकेट लिनुभयो । नोस्तुश केन्जिके र अलि खानले एक एक विकेट झार्नुभयो । 

आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग तीन खेलको टी–२० क्रिकेट खेलेको हो । टी–२० सिरिजको दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार हुनेछ । 

टी–२० सिरिजपछि आइसिसी एक दिवसीय विश्वकप लिग–२ कात्तिक ९ देखि १९ गतेसम्म हुनेछ । एक दिवसीय त्रिकोणात्मक सिरिजमा आयोजक अमेरिका, नेपाल र स्कटल्यान्ड छ ।