रोहितको टोली टोरोन्टो नेसनल्स पराजित
क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेट लिगमा नेपालका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले हार खेपेको छ ।
महिला एसिया कप : भारतलाई हराउँदै श्रीलङ्का च्याम्पियन
बलियो प्रतिद्वन्द्वी भारतलाई हराउँदै आयोजक श्रीलङ्काले महिला एसिया कप टी–२० क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा श्रीलङ्काले भारतलाई आठ विकेटले हरायो ।
सन्दीप र दीपेन्द्र आबद्ध भेनकुवरको दोस्रो हार
ग्लोबल टी–२० क्रिकेट लिग अन्तर्गत नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध भेनकुवर नाईट्सले लगातार दोस्रो हार खेपेको छ ।
महिला क्रिकेट टोली फर्कियो
श्रीलङ्कामा भएको एसीसी महिला क्रिकेट प्रतियोगितामा भाग लिएर नेपाली टोली काठमाडौँ फर्किएको छ ।
नेपालको एसिया कप यात्रा टुंगियो : भारत र पाकिस्तान सेमिफाइनलमा
समूह चरणको अन्तिम खेलमा मङ्गलबार साँझ श्रीलङ्काको डम्बुला मैदानमा बलियो प्रतिद्वन्द्वी भारतसँग ८२ रनले पराजित भएसँगै नेपालको एसिया कपको यात्रा टुंगिएको हो।
महिला एसिया कप : बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दै नेपाल
महिला एसिया कप क्रिकेटमा मङ्गलबार साँझ नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘ए’को समूह चरणको अन्तिम खेलमा नेपाल र भारतको प्रतिस्पर्धा हुन लागेको हो।
महिला एसिया कप : दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित
श्रीलङ्काको डम्बुला स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको गरेको नेपालले दिएको १०९ रनको चुनौती पाकिस्तानले मात्र १ विकेट गुमाएर भेट्टाएको हो ।
महिला एसिया कप : पाकिस्तानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ।
महिला एसिया कप : दोस्रो खेलमा आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल
एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा आइतबार नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको डम्बुला स्टेडियममा नेपाल र पाकिस्तानको खेल साँझ ७ः१५ बजे सुरु हुँदैछ।
महिला एसिया कपमा नेपालको विजयी सुरुवात : यूएई ६ विकेटले पराजित
एसीसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले यूएईमाथि ६ विकेटको शानदार जित निकालेको छ ।
महिला एसिया कप : यूएईविरुद्ध सम्झना खड्काको अर्धशतक
काठमाडौँ, साउन ४ गते। एसीसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा यूएईविरुद्ध नेपालका सम्झना खड्काले अर्धशतक बनाउनुभएको छ। टस जितेर सुरुमा फिल्ड रोजेको नेपालविरुद्ध पहिला ब्याटिङ गरेको यूएईले दिएको ११६ रनको लक्ष्य पछ्याउनेक्रममा सम्झनाले ३५ बलमा अर्धशतक पूरा गर्नुभएको हो। उहाँले ८ चौकाको मद्दतमा ५० रन बनाउनुभएको हो। सम्झनाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो अर्धशतक प्रहार गर्नुभएको हो । यूएईले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११५ रन बनाएको थियो। यूएईलाई सस्तैमा समेट्न नेपालका कप्तान इन्दु बर्माले तीन विकेट लिनुभयो। सबनम राई, कृतिका मरासिनी र कविता जोशीले एक एक विकेट हात पर्नुभयो। यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाउनुभयो। नेपालले १३ ओभरको समाप्तिमा नेपालले तीन विकेट बनाएर ८७ रन बनाएको छ। क्रिजमा सम्झना र रुबिना क्षेत्री हुनुहुन्छ।
महिला एसिया कप : यूएईले नेपाललाई दियो ११६ रनको चुनौती
यूएईलाई सस्तैमा समेट्न नेपालका कप्तान इन्दु बर्माले तीन विकेट लिनुभयो । सवनम राई, कृतिका मरासिनी र कविता जोशीले एकएक विकेट हात पर्नुभयो ।
महिला एसिया कप : साताैँ ओभरमा नेपाललाई चौथो सफलता
एसीसी महिला एसियाकप क्रिकेटको पहिलो खेलमा नेपाल र युएई प्रतिस्पर्धा गर्दैछन् ।
क्यानले पायो आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड
नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड पाएको छ। आइसिसीले डिजिटल फ्यानको इन्गेजमेन्टको आधारमा क्यानलाई उक्त अवार्ड दिएको हो।
अभ्यास खेलमा श्रीलङ्कामाथि नेपाल २ रनले विजयी
एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम अभ्यास खेलमा नेपालले श्रीलङ्का डेभलपमेन्टलाई २ रनले पराजित गरेको छ। अघिल्ला दुई खेलमा लगातार पराजित भएको नेपालले अन्तिम खेलमा रोचक जित निकालेको हो।
अनुभवी टिमलाई हराउने आत्मविश्वास बढेको छ : आसिफ
नेपाली क्रिकेटर आसिफ शेखले टी–२० विश्वकपमा अनुभवी टिमसँग खेलेर आत्मविश्वास बढेको बताउनुभएको छ ।
नेपालको लगातार हार
नेपाली महिला क्रिके टोली बुधबार घरेलु टिम श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग दोस्रो अभ्यास खेलमा चार विकेटले पराजित भएको छ । नेपालको यो लगातार पराजय हो ।
महिला एसिया कप : अभ्यास खेलमा नेपाल श्रीलङ्कासँग ३३ रनले पराजित
महिला एसिया कप अगाडिको अभ्यास खेलमा नेपाल श्रीलङ्कासँग ३३ रनले पराजित भएको छ। एसिया कप खेल्न श्रीलङ्का पुगेको महिला राष्ट्रिय क्रिकेट टिमले श्रीलङ्का डेभलपमेन्टसँग पहिलो अभ्यास खेल खेलेको हो।
एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ : रोहित र सन्दीपको बधाई
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ।
विश्व क्रिकेट भारतको धाक
विश्वकप क्रिकेट प्रतियोगितामा खेल्दा भारत सधैँ प्रमुख दाबेदारका रूपमा रहेको हुन्छ तर विश्वकपमा भारतले कहिल्यै आफूमाथिको अपेक्षा पूरा गर्न सकेन । सन् २००७ मा टी–२० विश्वकपको पहिलो संस्करणमै च्याम्पियन हुँदा भारतबाट अपेक्षा गरिएको थिएन । त्यसपछि भारतमा टी–२० क्रिकेटको लहरै चल्यो । सोही क्रेजले भारतमा इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु भयो । जसले टी–२० क्रिकेटलाई अझ उचाइमा पु¥यायो । क्रिकेटको यस छोटो संरचनामा भारतीय टिमले पनि विश्व क्रिकेटमा दबाब बनाउँदै लग्यो तर भारत टी–२० विश्वकपमा दोस्रो पटक च्याम्पियन बन्न सकेको थिएन ।
टी-२० विश्वकपमा भारत च्याम्पियन
नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप-२०२४ को उपाधि भारतले जितेको छ ।
विश्वकपको फाइनलमा भारत र दक्षिण अफ्रिका भिड्दै
आइसिसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा शनिबार राति भारत र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्दछन्।
टी-२० विश्वकप : इङ्ल्यान्डलाई हराउँदै भारत फाइनलमा
साविक विजेता इङ्ल्यान्डलाई हराउँदै भारत आइसिसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
टी–२० विश्वकप : दक्षिण अफ्रिका फाइनलमा
दक्षिण अफ्रिका आइसिसी टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । ट्रिनिडाडमा बिहीबार भएको सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हरायो ।