• १६ असार २०८१, आइतबार

टी–२० विश्वकप : दक्षिण अफ्रिका फाइनलमा

blog

ट्रीनिडाड, असार १३ गते । दक्षिण अफ्रिका आइसिसी टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । ट्रिनिडाडमा बिहीबार भएको सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले लज्जास्पद प्रदर्शन गर्दै ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रन बनाएको थियो। अफगानिस्तानका लागि अज्मतुल्लाह ओमारजाइले सर्वाधिक १० रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अफगानिस्तानलाई सस्तोमा रोक्न दक्षिण अफ्रिकाका यान्सन र तबरेज साम्सीले तीन तीन विकेट लिनुभयो । कागीसो रवाडा र एन्रिक नोर्कियाले दुई दुई विकेट झार्नुभयो ।

जितका लागि ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । दक्षिण अफ्रिकाका लागि रिजा हेन्डरिक्सले २९ र कप्तान एडन मारक्रमले २३ रन बनाउनुभयो । ओपनर क्वीन्टन डी कक पाँच रनमा आउट हुनुभएको थियो । अफगानिस्तानका फजलाक्यू फारोक्वीले एक विकेट लिनुभयो । अर्को सेमिफाइनलमा साबिक विजेता इङ्गल्यान्ड र भारतबिच प्रतिस्पर्धा हुनेछ ।