• १२ साउन २०८१, शनिबार

अनुभवी टिमलाई हराउने आत्मविश्वास बढेको छ : आसिफ

blog

काठमाडौँ, असार २८ गते । नेपाली क्रिकेटर आसिफ शेखले टी–२० विश्वकपमा अनुभवी टिमसँग खेलेर आत्मविश्वास बढेको बताउनुभएको छ ।

शुक्रबार इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सी काठमाडौंले ब्राण्ड एम्बासडर बनाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अनुभवी टिमलाई पनि हराउन सकिन्छ भन्ने आत्मविश्वास बढेको बताउनुभयो । उहाँले विश्वकपबाट धेरै सकारात्मक कुरा लिन सकिने बताउनुभयो । विश्वकपमा नेपालले गरेको उत्कृष्ट प्रदर्शनलाई लिएर नै अफगानिस्तानले आफूसँग खेल्न बोलाउनु राम्रो पक्ष भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विश्वकपमा अनुभवी टिमसँग खेलेपछि हामी पनि त्यस्ता टिमलाई हराउन सक्छौँ  भन्ने आत्मविश्वास बढेको छ । विश्वकप खेल्न टिममा धेरै नै उत्साहित थियौँ । त्यसबाट लिनसक्ने सकारात्मक कुरा पनि धेरै नै छन् । अफगानिस्तानबाट हामीलाई क्रिकेट खेल्न बोलाउनु धेरै राम्रो पक्ष हो ।’