क्रिकेट खेलाडी छनोटप्रति बाँकेको असहमति
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताकालागी लुम्बिनी प्रदेशबाट छनोट भएको प्रदेश क्रिकेट टिमको छनोटप्रति असहमति जनाउँदै जिल्ला क्रिकेट सङ्घ बाँकेले आफ्ना खेलाडी नपठाउने निर्णय गरेको छ ।
मङ्गल प्रसादलाई किशोर सिंह राठौर यु–१६ क्रिकेट उपाधि
मङ्गल प्रसाद उच्च माविले प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । घरेलु मैदानमा मङ्गल प्रसाद उच्च माविले नेपालगन्ज मोडेल एकेडेमीलाई चार विकेटले हराउँदै उपाधि जितेको हो ।
क्यानको महाप्रबन्धक नियुक्तिमा त्रुटि भएको आरोप
नेपाल क्रिकेट सङ्घ (क्यान) को महाप्रबन्धक नियुक्तिमा त्रुटि भएको उक्त पदका प्रतिस्पर्धी नवराज कोइरालाले आरोप लगाउनुभएको छ ।
क्रिकेटर सन्दीपलाई आठ वर्ष कैद सजाय
जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैदसहित तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपियाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको छ ।
बलात्कार आरोपमा दोषी ठहर क्रिकेटर लामिछाने उच्च अदालत जाने
काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने हुनुभएको छ ।
क्यानको महाप्रबन्धकमा उत्सव ढुङ्गाना
नेपाल क्रिकेट सङ्घ (क्यान) को महाप्रबन्धकमा उत्सव ढुङ्गाना नियुक्त हुनुभएको छ । क्यानले सन् २०२४ को लागि ढुङ्गानालाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।
अभ्यास खेलमा नेपाल यु–१९ टोली विजयी
गुलसन झाले अलराउन्डर प्रदर्शन गरेपछि नेपाली यु–१९ क्रिकेट टोलीले अभ्यास खेलमा स्कटल्यान्डमाथि सहज जित निकालेको छ । दक्षिण अफ्रिकामा मंगलबार भएको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई एक सय ३५ रनले हरायो ।
दक्षिण अफ्रिकामा नेपाली यु–१९ टोलीको अन्तिम तयारी सुरु
जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने यु–१९ विश्वकप क्रिकेटमा सहभागिता जनाउन दक्षिण अफ्रिका गएको नेपाली टोलीले आफ्नो अन्तिम तयारी सुरु गरेको छ ।
नेपाली यु–१९ विश्वकप टोली दक्षिण अफ्रिकामा
दक्षिण अफ्रिकामा जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने यु–१९ विश्वकप क्रिकेटमा सहभागिता जनाउन नेपाली टोली शनिबार दक्षिण अफ्रिका पुगेको छ ।