आइसिसीको अध्यक्षमा भारतका जय शाह निर्वाचित
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित हुनुभएको छ ।
सन्दीप र ललित बिबीएलको ड्राफ्टमा
नेपालका लेग स्पिनर सन्दीप लामिछाने र ललितनारायण राजवंशी अस्ट्रेलियाको बिग बास लिग (बिबीएल) को ‘ड्राफ्ट’ मा पर्नुभएको छ ।
महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने आइसिसी महिला टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ ।
डोग्मा ग्रुपलाई कर्पोरेट क्रिकेट लिग उपाधि
कर्पोरेट क्रिकेट टी–१० लिगको उपाधि उपाधि डोग्मा ग्रुपले जितेको छ । फाइनल खेलमा डोग्माले प्राइम बैङ्कलाई ६ विकेटले हरायो ।
युएई सर्यो महिला टी–२० विश्वकप
बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाका कारण आइसिसी महिला टी–२० विश्वकप क्रिकेट संयुक्त अरब इमिरेट् (युएई) मा हुने भएको छ ।
क्रिकेटर सन्दीप बृज इन्टरनेशनलको ब्रान्ड एम्बेसडर
नेपाली राष्ट्रिय टोलीका क्रिकेट सन्दीप लामिछानेलाई बृज इन्टरनेशनल एजुकेशनल कन्सलटेन्सीले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
आइसिसी विश्वकप लिग–२ : क्यानडाको चौथो हार
क्यानडाले आइसिसी विश्वकप लिग–२ मा लगातार चौथो हार खेपेको छ । सोमबार राति भएको खेलमा क्यानडा अमेरिकासँग ५० रनले पराजित भयो ।
एनपिएलको लोगो र मिति सार्वजनिक
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो र मिति सार्वजनिक गरेको छ । नेपालको पहिलो आधिकारिक फ्रेन्चाइ क्रिकेट लिगका रूपमा रहेको एनपिएल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १५ देखि पुस ६ गतेसम्म हुने छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो सार्वजनिक गर्नुभयो ।
इन्टर कलेज इन्डोर क्रिकेटमा ३२ टोली
प्रथम उपत्यका व्यापी इन्टर कलेज इन्डोर क्रिकेट प्रतियोगिता भदौ ५ गतेदेखि ८ गतेसम्म काठमाडौँको चुनिखेलमा हुने भएको छ ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्स शीर्षस्थानमा
नेदरल्यान्ड्स आइसिसी विश्वकप लिग–२ को शीर्षस्थानमा उक्लिएको छ ।
जिपिएल क्रिकेट : गल्याङ युनाईटेड र राईजिङ स्टारको विजयी सुरुवात
स्याङ्जाको गल्याङमा सुरु भएको ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) मा गल्याङ युनाईटेड र राईजिङ स्टार गल्याङले विजयी सुरुवात गरेको छ ।
नेपाल एसिया छनोट क्रिकेटको आयोजना गर्दै
नेपालले आइसिसी १९ वर्षमुनि (यू-१९) क्रिकेट विश्वकप क्रिकेट एसिया छनोट-२०२५ को आयोजना गर्ने भएको छ । आगामी अप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।
बङ्गलादेशका अपदस्थ सांसद एवं क्रिकेटर शकिबलाई पाकिस्तानमा खेल्न अनुमति
बङ्गलादेशका अपदस्थ सांसद एवं क्रिकेटर शकिब अल हसनलाई बुधबार पाकिस्तानमा राष्ट्रिय टोलीबाट खेल्न अनुमति दिइएको छ ।
कर्पोरेट टी–१० क्रिकेट हुने
भेट्रान ४० प्रालिको आयोजनामा भदौ १ देखि ४ गतेसम्म कर्पोरेट टी–१० क्रिकेट लिग हुने भएको छ ।
कप्तान रोहित, सन्दीप र दीपेन्द्रविनै भारतमा अभ्यास
आइसिसी एक दिवसीय विश्वकप लिग–२ को तयारीका लागि भारतमा हुने प्रशिक्षणमा नेपालका कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीको सहभागिता नरहने भएको छ ।
क्रिकेट टोली प्रशिक्षणका लागि भारत प्रस्थान
आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार भारत प्रस्थान गरेको छ ।
ग्लोबल टी–२० लिग : रोहितको टोली टोरोन्टो नेसनल्स फाइनलमा
नेपालका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स क्यानडामा जारी ग्लोबल टी–२० लिगको फाइनलमा प्रवेश गरेको छ ।
बङ्गलादेशबाट महिला टी–२० विश्वकप सर्ने सम्भावना
बङ्गलादेशको पछिल्लो राजनितिक घटनाक्रमका कारण आगामी अक्टोबर ३ देखि २० तारिखसम्मका लागि तय भएको आइसिसी महिला टी–२० विश्वकप सर्ने सम्भावना बढेको छ ।
सन्दीप र दीपेन्द्रको टोलीको पहिलो जित
नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सम्मिलित भ्यानकुभर नाइट्सले क्यानाडामा जारी ग्लोबल टी–२० लिगमा पहिलो जित निकालेको छ ।
बन्द प्रशिक्षणका लागि क्रिकेट टोलीको घोषणा
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको प्रशिक्षणका लागि खेलाडी टोलीको घोषणा गरेको छ ।
त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रङ्गशालामा रूपान्तरण गरिने
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालामा रूपान्तरण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
ग्लोबल टी–२० लिग : सन्दीप र दीपेन्द्रको टोलीको अर्को हार
नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सम्मिलित भेनकुवर नाईट्सले क्यानडामा जारी ग्लोबल टी–२० लिगमा फेरि हार खेपेको छ ।
ग्लोबल टी–२० लिग : सन्दीप र दीपेन्द्रको टोली पराजित
क्यानाडामा जारी ग्लोबल टी–२० लिग क्रिकेटमा नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध भ्यानकुभर नाइट्सले लगातार चौथो हार खेपेको छ ।
श्रीलङ्काविरुद्ध सिरिजमा भारतको ‘क्लिन स्वीप’
श्रीलङ्काविरुद्धको टी–२० सिरिजमा भारतले ‘क्लिन स्वीप’ गरेको छ ।