• १ कात्तिक २०८१, बिहिबार

पूर्व मुख्य प्रशिक्षक पुबुदु नेपाली क्रिकेट टिमको मेन्टर नियुक्त

blog

नेपाली क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशानायके । तस्बिर : क्यान

काठमाडौँ, कात्तिक १ गते । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशानायकेलाई मेन्टर नियुक्त गरेको छ । 

क्यानले अमेरिकामा हुने आईसीसी विश्वकप लिग–२ को सिरिजका लागि पुबुदुलाई मेन्टर नियुक्त गरेको हो। 

नेपालले कात्तिक ९ गतेदेखि १९ गतेसम्म अमेरिका र स्कटल्याण्डसँग लिग–२ मा प्रतिस्पर्धा गर्दैछ । उक्त सिरिजअघि क्यानले पुबुदुलाई मेन्टर नियुक्त गरेको हो।