केन्द्रीय बैंकले दुई अर्ब बराबरको रकम लगानी गर्ने
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र व्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।
इन्नोभेसनमा सनराइज अगाडि
सनराइज बैङ्कले भिसा इन्टरनेसनलबाट ‘एक्सलेन्स इन प्रोडक्ट इन्नोभेसन, २०२२’ प्राप्त गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा बैङ्कका नायब महाप्रबन्धक रविनकुमार नेपाललाई सो अवार्ड हस्तान्तरण गरिएको थियो । सनराइज बैङ्कले सहकारी सदस्यलाई डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गरी नवीनतम सेवा सुविधा प्रदान गरेकाले उक्त अवार्ड प्रदान गरिएको सो बैङ्कले जनाएको छ । बैङ्कले समयसापेक्ष रूपमा प्रविधियुक्त सेवा सुविधासमेत दिँदै आएको छ, जसमा कार्डलेस विथड्रल ट्याप एन्ड पे, आफ्नै फोटो राख्ने डेबिट कार्ड, अनलाइन खाता खोल्नेजस्ता छन् ।
बीमाको पहुँच गाउँ–गाउँमा पुर्याउनुहोस्: अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले बीमाको पहुँच पु¥याउन बीमा समितिलाई निर्देशन दिनुभएको छ । बीमा समितिको कर्णाली प्रादेशिक कार्यालयको बिहीबार सुर्खेतमा उद्घाटन गर्दै उहाँले कर्णालीका अधिकांश नागरिक बीमाको पहुँच बाहिर रहेकाले सेवा विस्तार गर्न निर्देशन दिनुभयो ।
सुदूरपश्चिम सरकारले यस वर्ष चार हजारलाई विना धितो कर्जा दिँदै
सुदूरपश्चिम सरकारको प्रदेश स्वरोजगार कोषले चालु आर्थिक वर्ष २०७९/८० मा चार हजार युवालाई सहुलियत ब्याजदरमा कर्जा प्रवाह गरी व्यवसायी बनाउने भएको छ । प्रदेश स्वरोजगार कोषले धनगढीमा पत्रकारसँग गरेकोे अर्न्तक्रियामा ‘सरकारको मुख्य ध्यानः घरघरमा स्वरोजगार अभियान’ अन्तर्गत पाँचसय जनालाई सीपमूलक तालिम तथा चार हजार जनालाई सहकारीमार्फत सहुलियत ब्याजदरमा कर्जा प्रवाह गरिन लागेको जानकारी गराएको हो ।
डलर कर्जा ल्याउने सम्झौता
एनएमबी बैङ्क र ब्रिटिस अन्तर्राष्ट्रिय लगानी (बीआईआई) बीच अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउनेबारे सम्झौता भएको छ । सो सम्झौताबमोजिम एनएमबी बैङ्कले बीआईआईबाट दुई करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा पाउने छ । आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी बढाउन मदत पुग्ने एनएमबी बैङ्कले जनाएको छ ।
विश्व बैंकले १२ अर्ब ७५ करोड बराबरको सहुलियतपूर्ण ऋण दिने
विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब १२ अर्ब ७५ करोड रुपियाँ (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।
सञ्चालन हुँदै ‘निर्यात गृह’
साना उत्पादकलाई लक्षित गर्दै सञ्चालनमा ल्याउने योजना बनाइएको ‘निर्यात गृह’ कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ । निर्यात गृह सञ्चालनसम्बन्धी कार्यविधि तयार भइसकेको र त्यो स्वीकृति अन्तिम चरणमा रहेकाले यसको कार्यान्वयनको आधार तयार भएको हो ।
सिटिजन्स बैङ्कद्वारा विशेष छुट
सिटिजन्स बैङ्कले तीजको अवसरमा लकर सेवा शुुल्कमा विशेष छुटको व्यवस्था गरेको छ । १५ वर्षदेखि अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैङ्किङ सेवा पु¥याउँदैै आएको बैङ्कले महिलाहरूलाई लक्षित गर्दै हरितालिका तीज २०७९ र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरूको अवसरमा लकर सेवा शुल्कमा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैङ्कले भाद्र महिनाभरि लकर शुल्कमा ७० प्रतिशत र लकर की डिपोजिटमा ५० प्रतिशत छुटको व्यवस्था गरेको बैङ्कले जनाएको छ ।
नेपाली चियालाई चिनियाँ बजार
नेपालमा उत्पादन भएको चिया चीन निर्यात हुने भएको छ । दुई देशका विदेशमन्त्रीस्तरीय समझदारीले नेपाली चिया चीन निर्यात हुने बाटो खुलेको हो । साउनको अन्तिम हप्ता परराष्ट्रमन्त्री नारायण खड्काले चीन भ्रमणका क्रममा चिनियाँ सरकारसँग चियाको विषयमा छलफल गर्नुभएको थियो । त्यस विषयमा नेपालबाट प्रस्ताव नै पेस गरिएको थियो । दुई देशको विदेशमन्त्रीको छलफलले चीनमा नेपाली चिया निर्यातको बाटो खुलेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
दशैँ व्यापार प्रवर्द्धन मेला आइतबारदेखि
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न पाँचौँ दशैँ जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला आइतबारदेखि हुने भएको छ ।
पशुआहारका लागि पोषिलो ‘साइलेज’को प्रयोग
सीताराम गौतमले पहिलो पटक गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ बाख्रालाई खुवाउन सुरु गर्नुभयो । साइलेज )मकै र घाँसलाई मेसिनबाट गुन्द्रुक बनाइएको पशुआहार) खुवाउन सुरु गरेपछि बाख्रा हृष्टपुष्ट हुँदै गए ।
शिलान्यासमै सीमित औद्योगिक क्षेत्र
पाँच वर्षमा सम्पन्न गर्ने भनिएका छवटा नयाँ औद्योगिक क्षेत्र निर्माण कार्य सात वर्ष हुँदा पनि सुरु हुन सकेका छैनन् । शिलान्यास गरेको दुई वर्ष बितिसक्दा पनि निर्माण कार्य अगाडि बढेको छैन । कञ्चनपुरको दैजी औद्योगिक क्षेत्र, बाँकेको नौबस्ता, रुपन्देहीको मोतीपुर, चितवनको शक्तिखोर, मकवानपुरको मयूरधाप र झापाको दमक औद्योगिक क्षेत्रको शिलान्यास २०७७ फागुनमा भएको थियो ।
मुक्तिनाथ गज्जब मुद्दती योजना
मुक्तिनाथ विकास बैङ्क लिमिटेडले न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने ‘मुक्तिनाथ गज्जब मुद्दती’ योजना सञ्चालनमा ल्याएको छ । योजनाअन्तर्गत व्यतिmगत मुद्दती खातामा नौ वर्ष चार महिना १८ दिनमा प्रतिफल तेब्बर र व्यक्तिगत रेमिटेन्स मुद्दतीमा आठ वर्ष सात महिना २८ दिनमा तेब्बर हुने बैङ्कले जनाएको छ । त्यस्तै व्यक्तिगत मुद्दती खातामा पाँच वर्ष १० महिना १८ दिनमा प्रतिफल दोब्बर र व्यतिmगत रेमिट्यान्स मुद्दतीमा पाँच वर्ष पाँच महिना छ दिनमा दोब्बर हुने बैङ्कले जनाएको छ ।
सानिमाले पायो विदेशी ऋण
सानिमा बैङ्कले विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बाट दुई अर्ब ५४ करोड रुपियाँ (दुई करोड डलर) विदेशी ऋण प्राप्त गरेको छ । तरलता अभाव बढेपछि बैङ्कले आईएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याउने प्रयास अघि बढाएको थियो । यसरी प्राप्त ऋण बैङ्कले साना तथा मmभौला व्यवसायमा कर्जा प्रवाह गर्न उपयोग गर्ने जनाएको छ । आईएफसीबाट प्राप्त ऋणले तरलताको असहज परिस्थितिमा कर्जा प्रवाहका लागि सहजता हुने बैङ्कका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बताउनुभयो ।
नेपाल बैंक र त्रिवि विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता
नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धानसम्बन्धी कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सानिमा बैंकलाई आइएफसीबाट दुई करोड डलर ऋण प्राप्त
सानिमा बैंकले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बाट दुई करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ ।
डबल बोनान्जा मुद्दती खाता
महालक्ष्मी विकास बैङ्कले छिटो पैसा डबल नयाँ मुद्दती योजना महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक गरेको छ । योजनामा १० हजार रुपियाँमै मुद्दती खाता खोल्न सकिने र ७० महिनामै मुद्दती रकमको दुई गुणा रकम भुक्तानी गरिने कुरा बैङ्कले जनाएको छ । बैङ्कमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दती खाता योजनाअन्तर्गतको आकर्षक महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्ने बैङ्कले जनाएको छ ।
सिद्धार्थ बैङ्क तीन अर्बभन्दा बढी नाफामा
सिद्धार्थ बैङ्क लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा तीन अर्बभन्दा बढी खुद मुनाफा आर्जन गरी सेयरधनीलाई २५.७१ प्रतिसेयर आम्दानी दिएको छ । १२ अर्ब ५२ करोड रुपियाँ चुक्ता पुँजी र २१ अर्ब ९१ करोड रुपियाँ कुल इक्विटी रहेको बैङ्कले आर्थिक वर्ष २०७८/७९ मा मात्र प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल दुई अर्ब ९० करोडभन्दा बढी नेपाल सरकारको राजस्वमा योगदान पु-याएको जनाएको छ ।
औद्याेगिक क्षेत्रमा जग्गा मात्र ओगट्नेलाई कारवाही
मधेश प्रदेशको एक मात्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र भित्र वर्षो देखि जग्गा मात्र ओगटेर उद्योग सञ्चालन नगर्ने उद्योगीहरुलाई कारवाही प्रक्रिया अघि बढाएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जग्गा लिएर उद्योग सञ्चालन नगर्नेहरुलाई कारवाही गर्न केन्द्रीय कार्यालय वालाजुलाई पत्राचार गरेको छ ।
टिपताला नाका तीन वर्षदेखि बन्द
ताप्लेजुङको उत्तरी टिपताला नाका विगत तीन वर्षदेखि बन्द रहेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु भएसँगै चीनको स्वशासित क्षेत्र तिब्बतसँगको उक्त नाका बन्द भएको हो ।
बढ्यो रावा बैङ्कको खुद मुनाफा
नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले आव २०७८/७९ मा पाँच अर्ब २१ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष बैङ्कको खुद मुनाफा तीन अर्ब ७९ करोड रुपियाँ मात्रै थियो ।
कोसी करिडोर प्रसारण लाइनसहित २२० केभी भोल्टका तीनवटा सबस्टेसन सञ्चालन
नेपाल विद्युत प्राधिकरणले एकै दिन २२० किलो भोल्ट (के.भि.) का तीन वटा सबस्टेसन सञ्चालनमा ल्याएको छ ।
४९ लाखसहित धावा पक्राउ
प्रहरीले स्रोत नखुलेको रु ४९ लाखसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–६ भृकुटीचोकस्थित सडकखण्डमा विहीबार सवारीसाधन जाँच गर्ने क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार गोरखा घर भई काठमाडौँ तीनचुली बस्ने धावा घ्याल्चेन पक्राउ परेको प्रहरीले जनाएको छ ।
बन्द खरी उद्योग चलाउन माग
हाल बन्द रहेको नेपाल ओरियन्ड म्याग्नेसाइट कम्पनी पुनः सञ्चालनमा ल्याउन स्थानीयवासीले माग गरेका छन् । यो उद्योग करिब चार दशकअघि दोलखाको भीमेश्वर नगरपालिका–९ मा सञ्चालनमा आई १० वर्ष सञ्चालन भएर बन्द रहेको छ । ८० वर्षे आयोजना भनिएको यो उद्योग सञ्चालनमा सरकारको स्पष्ट र स्थिर नीति नभएको भन्दै स्थानीयवासीले पुनः सञ्चालनमा ल्याउन आवाज उठाएका हुन् ।