ब्याजदर घटाउन माग
विराटनगरका उद्योगी व्यवसायीले उच्च ब्याजदरले औद्योगिक क्षेत्रमा सङ्कट आउने भन्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको ध्यानाकर्षण गराएका छन् । उद्योग सङ्गठन मोरङ, मोरङ व्यापार सङ्घ र नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलले गभर्नर अधिकारीलाई एकल अङ्कको ब्याजदर वा बैङ्कको राष्ट्रियकरण गर्नुपर्ने सुझाव दिएको हो ।
अर्थतन्त्रलाई संकटबाट जोगाउन उत्पादनमा जोड दिनुपर्छ : अर्थविद्
नेपालको अर्थतन्त्र संकटबाट जोगाउन उत्पादनमा ध्यान दिनुपर्नेमा अर्थविद्हरुले जोड दिएका छन् ।
साङ्ग्रिला बैङ्क १८औँ वर्षमा
साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले विविध कार्यक्रम गरी १८औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । बैङ्कको वार्षिकोत्सवको अवसरमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बैङ्कमा १० वर्ष पूरा गरेका कर्मचारीलाई सम्मान गरी कदरपत्र प्रदान गर्नुभयो ।
घले गाउँमा एकैदिन ३८० जना पर्यटक
लमजुङको क्व्होलासोंथर गाउँपालिका वडा नं. ३ स्मार्ट भिलेज एवं सुखी गाउँ घले गाउँमा पर्यटकको ओइरो लागेको छ । घले गाउँमा शुक्रवार मात्रै ३८० जना पर्यटक पदयात्रामा पुगेका छन् ।
दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि २०७६ संशोधनको तयारी गरेको छ । कार्यविधिको संशोधन मस्यौदा सार्वजनिक गर्दै राष्ट्र बैंकले त्यसउपर कात्तिक २५ गतेसम्ममा सुझाव दिइसक्न भनेको छ ।
चक्रीय धवलागिरि पदमार्गः सम्भावना अथाह, पूर्वाधार अभाव
पथप्रदर्शक छिरी राईले सात वर्षपछि धवलागिरि चक्रीय पदमार्गमा पर्यटकलाई लिएर आफैँ पुग्नुभयो । काठमाडौँमा आसाकी ट्रेक्स एण्ड एक्सपिडीसनका सञ्चालकसमेत रहनुभएका राईले दर्जनौँपटक धवलागिरि चक्रिय पदमार्गमा पर्यटक लिएर आउनुभयो । पछिल्लोपटक भने सात वर्षपछि मात्रै असोज अन्तिम सातादेखि कात्तिक पहिलो सातासम्म धवलागिरि आधार शिविर पुग्ने पदमार्गमा पर्यटकलाई लिएर भ्रमण गराउनुभएको हो ।
मानसरोवर कैलाश दर्शन गर्ने पर्यटकबाट १५ लाख राजस्व सङ्कलन
नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरूबाट पन्ध्र लाख भन्दा बढी राजस्व सङ्कलन भएको छ । मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकहरूबाट सिमकोट र नाम्खा गाउँपालिकाले सो राजस्व उठाउन सफल भएका हुन ।
बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्ने
बङ्गलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ। प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आज गर्नुभएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले सो विषय जानकारी गराउनुभएको हो।
धनतेरसका लागि सुन र चाँदीका सिक्का बिक्री सुरु (फोटो फिचर)
राष्ट्र बैंकले धनतेरसका अवसरमा आज (बिहीबार)देखि सुन र चाँदीका सिक्का (असर्फी) बिक्री गर्न थालेको छ ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च
नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपियाँ ५४ पैसा छ भने बिक्रीदर एक सय ३३ रुपियाँ १४ पैसा छ ।
ब्याज घटाउन माग
बैङ्क तथा वित्तीय संस्थाले ब्याज बढाएको विरोधमा रुपन्देहीका उद्योगी व्यवसायीले सोमबार बुटवलमा प्रदर्शन गरेका छन् । बैङ्क तथा वित्तीय संस्था आफू मोटाउने र उद्योगी व्यवसायीलाई समाप्त पार्ने गरी ब्याजदरमा चर्को वृद्धि गरेको भन्दै रुपन्देहीमा क्रियाशील उद्योग वाणिज्य सङ्घको आह्वानमा विरोध प्रदर्शन भएको हो ।
ब्याजदर नियन्त्रण गर्न माग
उद्योगी व्यवसायीले बैङ्कको चर्काे ब्याजदरले उद्योग व्यवसाय सञ्चालनमा समस्या भएको बताएका छन् । उद्योग व्यापार सङ्गठन, रुपन्देहीको १५औँ वार्षिक साधारण सभामा उहाँहरूले चर्को ब्याजदरका कारण उद्योगी व्यवसायीको अवस्था दयनीय भएको बताउनुभयो ।
सुर्खेतका व्यवसायीद्वारा बैङ्क बहिष्कार
सुर्खेतका उद्योगी व्यवसायी बैङ्क बहिष्कारमा उत्रिएका छन् । उद्योगी व्यवसायीले आइतबार यहाँ रहेका एक दर्जनभन्दा बढी वाणिज्य बैङ्कमा धर्नासमेत दिएका छन् । बैङ्कले मनोमानी ढङ्गले ब्याजदर बढाएर किस्ता तिर्न दबाब दिएको आरोप लगाउँदै व्यवसायीले आइतबार र सोमबार दुई दिन बैङ्क बहिष्कार गर्ने
निक्षेपको ब्याजदर यथावत्
वाणिज्य बैङ्कले कात्तिक महिनामा निक्षेपको ब्याजदर यथावत् राख्ने भएका छन् । तर, कर्जाको ब्याजदर भने बढ्ने भएको छ । वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतको संस्था नेपाल बैङ्कर्स एसोसिएसनले शुक्रबार कात्तिक महिनामा निक्षेपको ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो । एसोसिएसनको कार्यकारी समितिमा ब्याजदर नबढाउने राय आएपछि शुक्रबार ब्याज नबढाउने औपचारिक निर्णय गरिएको एसोसिएसनका उपाध्यक्ष तथा एनएमबी बैङ्कका सीईओ सुनील केसीले जानकारी दिनुुभयो ।
अमेरिकी डलरको मूल्य अकासियो
नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपियाँ ४२ पैसा रहेको छ भने बिक्रीदर एक सय ३२ रुपियाँ दुई पैसा तय गरिएको छ ।
महँगो पर्दै नोट छपाइ
नेपालमा नोट छपाइको प्रविधि नहुँदा राष्ट्र बैङ्कले बर्सेनि अर्बौं रुपियाँ नोट छपाइमा खर्च गर्नु परिरहेको छ । विश्वव्यापी मूल्य वृद्धि र अर्थतन्त्रको आकार विस्तारका कारण परिमाण पनि बढाउनुपर्ने हुँदा नोट छपाइ खर्च बढ्दो देखिएको हो ।
बाँसका सामग्रीको व्यवसाय सङ्कटमा
बाँस, निगालो र बेतबाट बनेका सामग्रीको बिक्री घटेपछि ती वस्तुको व्यवसायमा आश्रित बनेकाहरूको पेसा सङ्कटमा पर्न थालेको छ ।
माछा जोगाउन पोखरीमा तारबार
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा रहेको माछाको विशेष महत्व छ । मन्दिर परिसरमा अवस्थित पोखरीमा खेल्ने माछा यहाँको मुख्य आकर्षण हो ।
पहिरोले लमही–घोराही प्रसारण लाइनको टावर ढाल्यो
अविरल वर्षासँगै गएको पहिरोबाट दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ । शुक्रवार गएको पहिरोले लमही–घोराही १३२ केभी प्रसारण लाइन अन्तर्गत लमही नगरपालिका–६, बेल्दामारस्थित १८ नं टावर ढालेको हो ।
वर्षाले जलविद्युत्, सडक र कृषिमा क्षति
विगत पाँच दिनदेखिको अविरल बेमौसमी वर्षाका कारण नेपालीको महान् चाड बडादसैँ निरस बनेको छ । लामो बेमौसमी वर्षाले म्याग्दीको जलविद्युत्, सडक र कृषिमा ठूलो क्षति पुगेको छ भने ग्रामीण जनजीवनसमेत अस्तव्यस्त बनेको छ ।
मादल बनाउने पेसा सङ्कटमा
कच्चापदार्थ र उचित बजार मूल्यको अभावका कारण बादी समुदायको मादल बनाउने पेसा सङ्कटमा परेको छ । कर्णालीका रैथाने बादी समुदायका युवा भने पछिल्ला केही वर्षयता यो पेसाबाटै पलायन भएका छन् ।
दूधमा आत्मनिर्भर तर आयात खुला
नेपाल दूधमा आत्मनिर्भर भए पनि सरकारले भारतबाट दूध आयात खुला गरेको छ । सरकारले कच्चा दूध आयात खुला गरेपछि डेरी उद्योगले भारतबाट दूध ल्याउन थालेका छन् ।
सुपथ मूल्यका पसलमा आकर्षण
चाडपर्वमा उपभोक्तालाई सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने गरी खुलाइएका सुपथ मूल्य पसल करिब एक साताका लागि बन्द हुने भएका छन् ।
तनहुँ जलविद्युतको काम नरोकिने
निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले दशैँको बिदामा पनि तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्य निरन्तर चल्ने भएको छ ।