रुपन्देहीको चौराहामा नेपाल बैङ्क शाखा उद्घाटन
नेपाल बैङ्क लिमिटेडले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको चौराहामा शाखा स्थापना गरी सेवा विस्तार गरेको छ । बैङ्कले शुक्रवार बुटवल उपमहानगरपालिका - ९ चौराहाबाट औपचारिक रुपमा सेवा सुरु गरेको बैङ्कका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।
सहकारीमा डिप्लोमा कोर्स सञ्चालन हुँदै
अब नेपालमा पनि डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्स सञ्चालन हुने भएको छ । आगामी पुस १ गतेदेखि सुरु हुन लागेको सहकारी व्यवस्थापनसम्बन्धी डिप्लोमा कोर्स काठमाडौँ विश्वविद्यालयमा सञ्चालन गरिने भएको हो । राष्ट्रिय सहकारी महासङ्घ र काठमाडौँ विश्वविद्यालयबीच डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्स सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ ।
असल ऋणी र बचतकर्ता सम्मानित
होम बचत तथा ऋण सहकारी संस्था लि. ललितपुर (पाटन) को १४ औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
११ वाणिज्य बैङ्कसहित १८ कम्पनीको लाभांश प्रस्ताव
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीमध्ये १८ वटाले अहिलेसम्म आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् । यी कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् । लाभांश घोषणा गर्नेमा ११ वटा वाणिज्य बैङ्क, चारवटा बीमा कम्पनी, एक लघुवित्त संस्था, दुईवटा अन्य कम्पनी र एक होटल छन् ।
मङ्गलबारदेखि इन्भेस्टमेन्ट र मेगाको कारोबार
मर्जरको प्रक्रियामा रहेका नेपाल इन्भेस्टमेन्ट बैङ्क र मेगा बैङ्कको आधारभूत सेयरबाहेकका सेयर कारोबार मङ्गलबारदेखि सुचारु हुने भएको छ। मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका कारण छ महिनायता रोक्का रहेका यी बैङ्कको सेयर कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले खुलाउन लागेको हो। स्टक एक्सचेन्जका अनुसार दुवै बैङ्कको आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा भएर मङ्गलबारदेखि सुचारु हुने भएको हो। सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि मङ्सिर ४ र ५ गते सार्वजनिक बिदा दिएको हुँदा मङ्सिर ६ देखि नियमित कारोबार हुने नेप्सेले जनाएको छ।
लगानी बराबरकै लाभांश फिर्ता
नेपालमा भित्रिएको विदेशी लगानी बराबर नै लगानीकर्ताले लाभांश फिर्ता लगेको पाइएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक (असोज)सम्मको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार विदेशी लगानीकर्ताले तीन महिनामा एक अर्ब ८० करोड रुपियाँ लाभांश लगेका हुन्। जब कि सोही अवधिमा नेपालमा केवल एक अर्ब ८८ करोड रुपियाँको विदेशी लगानी भित्रिएको तथ्याङ्कले देखाउँछ। यस हिसाबले नेपालमा भित्रिएको लगानीभन्दा फिर्ता लगेको लाभांश केवल आठ करोड रुपियाँले मात्र कम हो; जुन लगानी र लाभांश फिर्ताको अनुपातमा अत्यन्त न्यून हो।
इन्धन खपतमा गिरावट
कात्तिक महिनाभरजसो मुलुकमा निर्वाचनको चहलपहल बढेको थियो। चुनावको चहलपहल बढ्दा डिजेल, पेट्रोललगायतका इन्धनको खपत बढ्ने सहज अनुमान गर्न सकिन्छ तर कात्तिक महिनामा पेट्रोलियम पदार्थको खपतमा उल्लेख्य कमी आएको छ। गत वर्षको कात्तिक र यस वर्षको असोज महिनाको तुलनामा यस वर्षको कात्तिकमा डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको खपतमा गिरावट आएको हो। गत वैशाखमा स्थानीय तहको निर्वाचन हुँदासमेत पेट्रोलियम पदार्थको खपत वृद्धि भएको थियो तर प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनअघि पेट्रोलियम पदार्थको खपत घटेको छ।
नेपाल बैंकद्वारा तीन नयाँ सेवा सुरु
नेपाल बैङ्क लिमिटेडले तीन वटा नयाँ सेवा सुरु गरेको छ । बैंकका अधिकृत कृष्णबहादुर अधिकारीले अनलाइन एफ्डी, गोल्ड लोन प्रोसेस डिजिटाइजेशन र डलर प्रिपेड कार्य सञ्चालनमा ल्याएको घोषणा गर्नुभएको छ ।
मुख्य सूचकमा सुधार
विगत केही महिनायता समस्याग्रस्त रहेको अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनासम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार शोधनान्तर, विदेशी विनिमय सञ्चिति तथा विपे्रषण आप्रवाहमा क्रमिक सुधार भइरहेको छ।