• १२ साउन २०८१, शनिबार

मौद्रिक नीतिको तयारी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १९ गते । सरकारले आइतबार आव २०७९/८० को बजेट प्रस्तुत गरेपछि नेपाल राष्ट्र बैङ्क मौद्रिक नीतिको तयारीमा जुटेको छ ।राष्ट्र बैङ्कले मङ्गलबार सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको हो । प्राप्त सुझावलाई समेत समावेश गरेर मौद्रिक नीति तर्जुमा गर्ने राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कले सरकारले लिएको आर्थिक नीति र बजेटका लक्ष्य पूरा गर्ने गरी नीति तर्जुमा गर्नुपर्छ ।सङ्घीय सरकारले जेठ १५ गते आगामी  आर्थिक वर्षका लागि बजेट ल्याइसकेको छ ।