• ३१ वैशाख २०८१, सोमबार

नेपाल बैंकको साक्षरता पुस्तिका सार्वजनिक

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २४ गते। नेपाल बैंकले साक्षरता पुस्तिका सार्वजनिक गरेको छ। 

नेपाल बैंकको मार्केटिङ्ग तथा रिसर्च डिभिजनले तयार पारेको “आर्थिक समृद्धिका लागि वित्तिय साक्षरता” नामक पुस्तिका भर्चुअल कार्यक्रम गरेर बैंकका सबै प्रदेशका प्रमुख र शाखा प्रबन्धकको उपस्थितिमा सार्वजनिक भएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीका अनुसार सबै नेपालीमा वित्तिय ज्ञान र चेतनाको स्तरमा अभिवृद्धि गर्न सो पुस्तिका उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। 

नेपाल राष्ट्र बैंकको मार्ग निर्देशन बमोजिम वित्तीय साक्षरताका कार्यक्रम अगाडि बढाइएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्काले बताउनुभएको छ। उहाँका अनुसार पुस्तिकाले वित्तीय साक्षरता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। 

मार्केटिङ्ग तथा रिसर्च डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलले वित्तीय साक्षरता वित्तीय समावेशिकरणको महत्वपूर्ण आयाम रहेको भन्दै अगामी दिनमा सो पुस्तिकामा अझ सुधार र परिमार्जन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। 

नेपालभर २१७ शाखा, १७९ एटिएमका साथै ४९ वटा एक्सटेन्सन काउन्टमार्फत् करिब २१ लाख ग्राहकलाई वित्तिय सेवा दिइरहेको बैंकको हाल ग्राहक सेवामा सुधार भएको छ। 

दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै नेपाल बैंक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको बैंकका प्रवक्ता तथा सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।