• ५ असार २०८१, बुधबार

‘सफा धरान, स्वस्थ धरान’ अभियानमा मेगा बैंकको सहयोग

blog

प्रमुख हर्क साम्पाङ राईलाई १० वटा डस्बीन हस्तान्तरण गरिँदै । तस्बिर सौजन्य : मेगा बैंक

धरान, जेठ २४ गते । मेगा बैंक नेपाल लिमिटेडले धरान उपमहानरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको छ । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईलाई १० वटा डस्बीन हस्तान्तरण गरेको हो ।

धरानको भानु चोकमा गरिएको कार्यक्रममा धरान उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष रमेश राई, मेगा बैंकका प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपाने तथा धरान शाखाका प्रबन्धक सविन श्रेष्ठ लगायतको सहभागिता थियो । 

कार्यक्रममा धरान उपमहानगरपालिकाका नवनिर्वाचत प्रमुख राईले ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा साथ दिएकोमा खुसी व्यक्त गर्दै मेगा बैंकलाई धन्यवाद दिनुभयो । प्रमुख राईले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्य र वित्तिय साक्षरतामा मेगा बैंकसँग सहकार्य गर्ने बताउनुभयो । मेगा बैंकबाट हस्तान्तरण गरिएका डस्बीनहरु भानुचोक वरपर राखिने भएको छ ।