गाेरखापत्र अनलाइन
काठमाडाैं, जेठ १८ गते । कृषि बीमा अन्तर्गत किवि र ड्रागन फलको नयाँ बीमालेख जारी गरिएको छ । बीमाङ्क रकमको ५ प्रतिशत बीमाशुल्क तिरी बीमा गराउन सकिने बीमा समिति अन्तर्गत रहेकाे नेपालको बीमा नियमनकारी निकायले बताएकाे छ ।
समितिका अनुसार साेकाे लागि ८० प्रतिशत अनुदान सरकारले दिनेछ । कृषि तथा पशुपन्छी बीमा अन्तर्गत कृषकहरूको दुई लाख बीमाङ्कको दुर्घटना बीमा अनिवार्य व्यवस्था गरिएको छ ।
कृषि तथा पशुपन्छी बीमाले रक्षावरण गर्ने जोखिमहरूमा आगलागी, चट्याङ, भूकम्प, बाढी, डुवान, खडेरी, पहिरो, भूस्खलन, आँधिबेहरी, असिना, हिऊँ वा तुषारो, आकस्मिक दुर्घटनाजन्य बाह्य कारणहरु (जंगली जनावरले हुने नोक्सानी), कीरा तथा रोगबाट हुने हानि–नोक्सानी, बिषादीबाट हुने नोक्सानी (माछा), अन्य बाली बिशेष अनुसारको जोखिमहरु रहेकाे बताइएकाे छ ।
 
                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                