बैङ्कको चर्को व्याजविरुद्ध विरोध प्रदर्शन
धनुषाको ढल्केवरमा व्यवसायीहरूले बैङ्कहरूले बढाएको चर्को व्याजविरुद्ध प्रदर्शन गरेका छन् । मिथिला उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबार ढल्केवरमा व्यवसायीहरूले विरोध प्रदर्शन गरिएका हुन् ।
चार अर्ब मुद्दतीमा राख्दै राष्ट्र बैङ्क
नेपाल राष्ट्र बैङ्कले विभिन्न बैङ्क तथा वित्तीय संस्थामा चार अर्ब ३२ करोड रुपियाँ एकवर्षे मुद्दती खातामा राख्ने भएको छ । राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषको तीन अर्ब चार करोड र कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब २७ करोड रुपियाँ मुद्दती निक्षेपमा राख्न लागेको हो । राष्ट्र बैङ्कले ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई रकम बाँडफाँटसमेत गरेको छ । उपदान तथा पेन्सन कोषको रकमबाट वाणिज्य बैङ्कमा दुई अर्ब ४३ करोड, विकास बैङ्कमा ४५ करोड र १५ करोड रुपियाँ वित्त कम्पनीमा राख्ने गरी सूचना जारी गरिएको छ ।
दूधमा आत्मनिर्भर बनाउन उन्नत जातको गाई वितरण
ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गे साँघुका किसानलाई उन्नत जातको गाई वितरण गरिएको छ । दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले ढुङ्गे साँघुका किसानलाई होलस्टेन र जर्सी जातको गाई वितरण गरिएको हो ।
हराउँदै गुन्द्री बुन्ने पुर्ख्यौली सीप
पहिले–पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । पछिल्लो समय गुन्द्री विरलै देख्न पाइन्छ । कात्तिकमा धान काटेपछि अलि लामो पराल छुटाएर गुन्द्री बुन्ने चलन गाउँघरमा अझै पनि कहीँकतै छँदैछ ।
ग्राहकको पहिचान हुन नसके खाता नखोल्न निर्देशन
अब बैङ्क तथा वित्तीय संस्थाले पहिचान हुन नसकेका ग्राहकको खाता नखोल्ने भएका छन् । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै ग्राहकको पहिचान हुन नसकेमा खाता नखोल्न बैङ्कलाई निर्देशन दिएको हो । राष्ट्र बैङ्कबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । प्रचलित कानुनबमोजिम ग्राहक पहिचानसम्बन्धी प्रावधान पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्ने वा व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
पहिलो वर्षमै डेढ अर्ब रेमिटेन्स भित्र्याए
नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले सञ्चालनमा ल्याएको “हाम्रो पात्रो रेमिट” ले एक वर्ष पुरा गरेको छ । रेमिटले पहिलो वर्षमै एक अर्ब ५० करोड रुपैयाँ नेपाल भित्र्याएको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घ : पोखराको समृद्धिको महत्त्वपूर्ण साझेदार
हानियाँ राणाशासनको अन्त्य भई २००७ सालमा स्थापित प्रजातन्त्रपछि पोखरामा स्थापित यहाँको पुरानो संस्था हो पोखरा उद्योग वाणिज्य सङ्घ । उद्योग व्यवसायीको हकहितका लागि स्थापित सङ्घ स्थापनायता निरन्तर यहाँको शिक्षा, स्वास्थ्यलगायत विकास निर्माणमा साझेदार बन्दै आएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरको अन्तिम सम्झौता
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकआपसमा गाभिने भएका छन् । एकआपसमा गाभिनेसम्बन्धी अन्तिम सम्झौता आज (मङ्गलबार) सम्पन्न भएको छ ।
बृहत् आर्थिक संरचनागत सुधारको पक्षमा राष्ट्र बैङ्क
नेपाल राष्ट्र बैङ्कले आन्तरिक उत्पादन प्रवद्र्धन गर्ने गरी बृहत् आर्थिक संरचनागत सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । राष्ट्र बैङ्कले आइतबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्ने क्रममा आगामी नेतृत्वलाई बेलैमा सचेत गर्ने उद्देश्यले ‘आन्तरिक उत्पादन बढाउन बृहत् आर्थिक संरचनात्मक सुधार गर्नुपर्नेे’ सुझाव दिएको हो । सरकारको आर्थिक सल्लाहकारको भूमिकामा रहने केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्कले पछिल्लो आर्थिक तथा वित्तीय स्थिति एवं परिदृश्य चित्रित गर्दै अर्थतन्त्रको दिगो विकासका लागि यस्तो आवश्यकतामा जोड दिएको हो ।
रुपन्देहीको चौराहामा नेपाल बैङ्क शाखा उद्घाटन
नेपाल बैङ्क लिमिटेडले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको चौराहामा शाखा स्थापना गरी सेवा विस्तार गरेको छ । बैङ्कले शुक्रवार बुटवल उपमहानगरपालिका - ९ चौराहाबाट औपचारिक रुपमा सेवा सुरु गरेको बैङ्कका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।
सहकारीमा डिप्लोमा कोर्स सञ्चालन हुँदै
अब नेपालमा पनि डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्स सञ्चालन हुने भएको छ । आगामी पुस १ गतेदेखि सुरु हुन लागेको सहकारी व्यवस्थापनसम्बन्धी डिप्लोमा कोर्स काठमाडौँ विश्वविद्यालयमा सञ्चालन गरिने भएको हो । राष्ट्रिय सहकारी महासङ्घ र काठमाडौँ विश्वविद्यालयबीच डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्स सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ ।
असल ऋणी र बचतकर्ता सम्मानित
होम बचत तथा ऋण सहकारी संस्था लि. ललितपुर (पाटन) को १४ औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
११ वाणिज्य बैङ्कसहित १८ कम्पनीको लाभांश प्रस्ताव
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीमध्ये १८ वटाले अहिलेसम्म आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् । यी कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् । लाभांश घोषणा गर्नेमा ११ वटा वाणिज्य बैङ्क, चारवटा बीमा कम्पनी, एक लघुवित्त संस्था, दुईवटा अन्य कम्पनी र एक होटल छन् ।
मङ्गलबारदेखि इन्भेस्टमेन्ट र मेगाको कारोबार
मर्जरको प्रक्रियामा रहेका नेपाल इन्भेस्टमेन्ट बैङ्क र मेगा बैङ्कको आधारभूत सेयरबाहेकका सेयर कारोबार मङ्गलबारदेखि सुचारु हुने भएको छ। मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका कारण छ महिनायता रोक्का रहेका यी बैङ्कको सेयर कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले खुलाउन लागेको हो। स्टक एक्सचेन्जका अनुसार दुवै बैङ्कको आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा भएर मङ्गलबारदेखि सुचारु हुने भएको हो। सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि मङ्सिर ४ र ५ गते सार्वजनिक बिदा दिएको हुँदा मङ्सिर ६ देखि नियमित कारोबार हुने नेप्सेले जनाएको छ।
लगानी बराबरकै लाभांश फिर्ता
नेपालमा भित्रिएको विदेशी लगानी बराबर नै लगानीकर्ताले लाभांश फिर्ता लगेको पाइएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक (असोज)सम्मको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार विदेशी लगानीकर्ताले तीन महिनामा एक अर्ब ८० करोड रुपियाँ लाभांश लगेका हुन्। जब कि सोही अवधिमा नेपालमा केवल एक अर्ब ८८ करोड रुपियाँको विदेशी लगानी भित्रिएको तथ्याङ्कले देखाउँछ। यस हिसाबले नेपालमा भित्रिएको लगानीभन्दा फिर्ता लगेको लाभांश केवल आठ करोड रुपियाँले मात्र कम हो; जुन लगानी र लाभांश फिर्ताको अनुपातमा अत्यन्त न्यून हो।
इन्धन खपतमा गिरावट
कात्तिक महिनाभरजसो मुलुकमा निर्वाचनको चहलपहल बढेको थियो। चुनावको चहलपहल बढ्दा डिजेल, पेट्रोललगायतका इन्धनको खपत बढ्ने सहज अनुमान गर्न सकिन्छ तर कात्तिक महिनामा पेट्रोलियम पदार्थको खपतमा उल्लेख्य कमी आएको छ। गत वर्षको कात्तिक र यस वर्षको असोज महिनाको तुलनामा यस वर्षको कात्तिकमा डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको खपतमा गिरावट आएको हो। गत वैशाखमा स्थानीय तहको निर्वाचन हुँदासमेत पेट्रोलियम पदार्थको खपत वृद्धि भएको थियो तर प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनअघि पेट्रोलियम पदार्थको खपत घटेको छ।
नेपाल बैंकद्वारा तीन नयाँ सेवा सुरु
नेपाल बैङ्क लिमिटेडले तीन वटा नयाँ सेवा सुरु गरेको छ । बैंकका अधिकृत कृष्णबहादुर अधिकारीले अनलाइन एफ्डी, गोल्ड लोन प्रोसेस डिजिटाइजेशन र डलर प्रिपेड कार्य सञ्चालनमा ल्याएको घोषणा गर्नुभएको छ ।
मुख्य सूचकमा सुधार
विगत केही महिनायता समस्याग्रस्त रहेको अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनासम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार शोधनान्तर, विदेशी विनिमय सञ्चिति तथा विपे्रषण आप्रवाहमा क्रमिक सुधार भइरहेको छ।
नेपाल बैंक : असफलताको नमिठो पाठदेखि सफलताको कथासम्म
बैंकिङ प्रणालीको सामान्य सिद्धान्तविपरीत दिइएका कर्जाका कारण कुनै समय समस्यामा परेको सो बैंक पछिल्ला दिनमा भने अन्य निजी क्षेत्रका संस्था जस्तै सबल र सक्षम बन्दै गएको छ ।
नेपाल बैङ्कले सेवालाई सहज बनाउँदै लगेको छ
मुलुककै जेठो बैङ्क नेपाल बैङ्क लिमिटेड आफ्नो स्थापनाको ८६औँ वर्षमा प्रवेश गरेको छ। नेपालमा वित्तीय सुविधा विस्तारमा ऐतिहासिक भूमिका निर्वाह गरेको नेपाल बैङ्कले अहिले निजी क्षेत्रसँग प्रतिस्पर्धा गरिरहेको छ। विभिन्न सुधार प्रयासका परिणामस्वरूप अहिले यो बैङ्क आफ्नो छुट्टै र विशिष्ट पहिचान बनाउन सफल भएको छ। यिनै परिवेशमा नेपाल बैङ्क लिमिटेड सञ्चालक समितिका अध्यक्ष गङ्गाप्रसाद ज्ञवालीसँग गोरखापत्रका गोपालचन्द्र सुवेदीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
मङ्सिरमा ब्याजदर नबढ्ने
वाणिज्य बैंकहरूले आगामी मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आज बसेको वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन् ।
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू समान हैसियतमा गाभिने
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् ।
एसियाली विकास बैंकले ओखर र फलफूल खेतीमा नौ अर्ब लगानी गर्ने
नेपाल सरकार र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारका लागि वित्तीय लगानी गर्ने भएको छ ।
‘हेर्नैपर्ने’ विमानस्थलको सूचीमा लुक्ला
आर्टेमिस एयरस्पेसले विश्वका छवटा हेर्नैपर्ने विमानस्थलमा नेपालको तेन्जिङ–हिलारी विमानस्थललाई पनि समावेश गरेको छ । विश्वका करिब ४१ हजार विमानस्थलमध्ये सोलुखुम्बुको लुक्लामा रहेको तेन्जिङ–हिलारी (लुक्ला) विमानस्थल तेस्रो स्थानमा समावेश गरिएको छ ।