• २३ वैशाख २०८१, आइतबार

नेपाल बैंकद्वारा तीन नयाँ सेवा सुरु

blog

काठमाडौं, मङ्सिर १ गते । नेपाल बैङ्क लिमिटेडले तीन वटा नयाँ सेवा सुरु गरेको छ । बैंकका अधिकृत कृष्णबहादुर अधिकारीले अनलाइन एफ्डी, गोल्ड लोन प्रोसेस डिजिटाइजेशन र डलर प्रिपेड कार्य सञ्चालनमा ल्याएको घोषणा गर्नुभएको छ ।

बुधबार बैङ्कले आफ्नो ८६ औँ वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको जनाएको छ । विसं १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपाल बैङ्क लिमिटेड २०७९ कात्तिक ३० गते ८५ औँ वर्ष पूरा गरी ८६ औँ वर्षमा प्रवेश गरेको छ ।

बैङ्कले नेपालभर २२६ शाखा, १९९ एटिएम मेसिन र ५० वटा एक्टेन्सन काउन्टरमार्फत २३ लाख ग्राहकलाई वित्तीय सेवा पुर्‍याइरहेको छ । त्यस्तै, बैङ्कले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैङ्किङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको  बैंकका सहायक प्रमुख अधिकृत एवम् प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।

प्रवक्ता अधिकारीले विगत केही वर्ष यता बैङ्कले छिटोछरितो  र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपाल नेपालभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको बताउनुभयो ।