• २७ वैशाख २०८१, बिहिबार

असल ऋणी र बचतकर्ता सम्मानित

blog

ललितपुर (पाटन), मंसिर ९ गते । होम बचत तथा ऋण सहकारी संस्था लि. ललितपुर (पाटन) को १४ औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

सो साधारण सभामा सहकारी संस्थाका उत्कृष्ट दुई जना कर्मचारीलाई पुरस्कृत गरिएको थियो । यस्तै, नियमित बचतकर्तातर्फबाट एक जना, मुद्दती बचतकर्ता एक जना, असल ऋणी तीन जना र गोरखापत्रका सहसम्पादक शरदराज सुवेदी, संस्थाका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता रमिला शाक्यलाई पनि सहकारी संस्थाका अध्यक्ष मुकुन्द महर्जनले सम्मान गर्नुभयो ।

संस्थाका अध्यक्ष मुकुन्द महर्जनको सभापतित्वमा सम्पन्न उक्त साधारण सभामा संस्थाका सचिव सोमनाथ थापाले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको गतिविधिबारे प्रकाश पार्नुभएको थियो ।