• २१ वैशाख २०८१, शुक्रबार

रुपन्देहीको चौराहामा नेपाल बैङ्क शाखा उद्घाटन

blog

काठमाडौँ, मङ्सिर ११ गते । नेपाल बैङ्क लिमिटेडले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको चौराहामा शाखा स्थापना गरी सेवा विस्तार गरेको छ । बैङ्कले शुक्रवार बुटवल उपमहानगरपालिका - ९ चौराहाबाट औपचारिक रुपमा सेवा सुरु गरेको बैङ्कका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो । 

नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गङ्गाप्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिका  नगर प्रमुख खेलराज पाण्डेयले संयुक्त रूपमा शाखाको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रतिस्पर्धात्मक बैङ्किङ बजारमा चुस्त दुरुस्त सेवासहित आफ्नो उपस्थिति बढाउन बैङ्कले शाखा विस्तारलाई जोड दिएको अध्यक्ष  गङ्गाप्रसाद ज्ञवालीले बताउनुभयो । 

नेपालभर २२६ शाखा कार्यालय र १९९ एटिएस शाखा छ । बैङ्कले ५० वटा एक्सटेन्सन काउन्टरमार्फत देशभरका २३ लाख ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।